भारत र दक्षिण अफ्रीका बिचको तेस्रो तथा अन्तिम टेस्टमा भारतले २०२ रनको विशाल जित निकाल्न सफल भएको छ ।
रांचीमा भएको टेस्टमा भारतले पहिले टस जितदैँ ब्याटिङ्ग रोजेको थियो । पहिले ब्याटिङ्ग गरेको भारतले आफ्नो पहिलो इंनिगको घोषण ९ विकेट गुमाएर ४९७ रनमा गरेको थियो ।
त्यस क्रममा भारतका ओपनर रोहित शर्माले आफ्नो टेस्ट करियरको पहिलो दोहोरो सतक बनाएका थिए भने भारतका उपकप्तान राहणेले सतक जडेका थिए ।
त्यसपछि ब्याटिङ्ग गर्न आएको दक्षिण अफ्रीका १६२ रनमै अलआउट भएको थियो । दक्षिण अफ्रीकाका लागि हामजाले सर्वाधिक ६२ रन बनाएका थिए । पहिलो इंनिगमा ३३५ रनले पछि परेपछि दक्षिण अफ्रीकाले आफ्नो दोस्रो इंनिगको सुरुवात गरेको थियो ।
दोस्रो इंनिगमा पनि दक्षिण अफ्रीका १३३ रनमै अलआउट भएपछि भारतले २०२ रनको विशाल जित हात पार्न सफल भएको छ ।
वि.सं.२०७६ कात्तिक ५ मंगलवार १०:४४ मा प्रकाशित


























