back
CTIZAN AD

नेपाल रेडक्रसको वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०७६ कात्तिक ५ मंगलवार

795 

shares

५ कार्तिक, बनेपा । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय सभाको पहिलो वार्षिक साधारण सभा सोमबार काभ्रेको बनेपामा सम्पन्न भएको छ ।

साधारण सभाले संस्थाको आ.व२०७४\७५ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदनको साथै आ.व. २०७६\७७ को लागि प्रस्तावित कार्यक्रम तथा बजेट पारित गरेको छ । यसका अलावा संस्थाको लागि उपयुक्त कानुनको व्यवस्थाको प्रभावकारी पहल गर्न केन्द्रीयकार्य समितिलाई निर्देश गरेको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेरेसोका अध्यक्षले भने ,“नेपाल रेडक्रसको यो सभाले मानवता र सेवाको पक्षमामात्रै रेडक्रसकर्मीहरु उभिएको सन्देश दिएको छ । हाम्रो अर्को कुनै अरु पक्ष छैन र छिटै हामी महाधिवेशन र नयाँ नेतृत्व चयन प्रक्रियामा जानेछौँ ।”

साधारण सभाले आगामी आ.व. को लागि रु. ३ अर्ब ८३ करोडको बजेट पारित गरिएको छ । साधारण र विकासतर्फको बजेटमा क्रमशः १८.६३ र ८१.३७ प्रतिशत हिस्सा रहेको छ । गत वर्ष सञ्चालित गतिविधिमा केन्द्रीय कोषबाट ४ अर्ब ८ करोड ६७ लाख २१ हजार खर्च भएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नेपाल प्रमुख आन्द्रे पाकेले नेपालमा रेडक्रस कानुन बनाउन सके नेपाल भित्र रहेको वृहत रेडक्रसको सञ्जाललाई काम गर्न सहयोग पुग्ने कुरामा जोड दिए ।

अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख जुजा किमले युवा सहभागिता, आमसञ्चार,जेन्डर, आय आर्जन लगायतका संस्थागत तथा समुदायमा आधारित गतिविधिहरुमा नेरेसोलाई सहयोग गरिने प्रतिवद्धता जनाए । कार्यक्रममा नेरेसोको ७ वटै प्रदेश र ७४ जिल्ला शाखाबाट प्रतिनिधिहरू रकेन्द्रीय कार्यसमिति तथा मनोनित सभाषदहरुको सहभागिता रहेको थियो ।

यस अघि धरानमा वैशाख २३–२५ गते बोलाइएको महाधिवेशन र गत साउन २८ मा बोलाइएको वार्षिक साधारण सभा जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्देशनबाट स्थगित भएपछि सम्मानित सर्वोच्च अदालतले संस्थाको पक्षमा भदौ २४ गते गरेको फैसला आएपछि यो वार्षिक सभा बोलाइएको थियो ।

सम्पूर्ण सहभागिको प्रतिनिधित्व गर्दै पाल्पाबाट आएका वुद्धि शर्माले साधारण सभाले आफ्नो कार्यविधि वमोजिम छलफल र पारित गर्नुपर्ने सम्पूर्ण विषयहरुलाई व्यवस्थित तरिकाले सम्पन्न गरेको समापन कार्यक्रममा बताए ।

वि.सं.२०७६ कात्तिक ५ मंगलवार १३:१२ मा प्रकाशित

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१...

 विश्वकप क्रिकेटका लागि नेपालको सशक्त दाबेदारी

 विश्वकप क्रिकेटका लागि नेपालको सशक्त दाबेदारी

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले ‘टि ट्वाण्टी’ विश्वकपमा...

लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ...