५ कार्तिक काठमाण्डौं । चर्चित गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । तिहारको अवसरमा सार्वजनिक ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतमा प्रयोग गरिएको शब्दका कारण विवादमा परिरहेका बेला थापालाई प्रहरीले मंगलबार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले जानकारी दिए ।
वि.सं.२०७६ कात्तिक ५ मंगलवार १३:०८ मा प्रकाशित






























