६ कार्तिक, काठमाडौँ । राजपुर बमकाण्डका बेला रौतहटमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुख छानबिन दायरामा परेका छन् ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारी, सशस्त्र प्रहरीका जिल्ला प्रमुख रामकृष्ण लामा र सरकारी वकिलको कार्यालय रौतहटका प्रमुख धु्रवमणि ज्ञवाली छानबिन दायरामा तानिएका हुन् । रौतहटका तत्कालीन प्रहरी प्रमुख लक्ष्मण न्यौपानेको मृत्य भइसकेको छ ।
बम बनाउने क्रममा विस्फोट भई घाइते भएका आठजनालाई जलाएर मारेको आरोपमा महम्मद आफताफ आलमलाई पक्राउ गरेपछि रौतहट प्रहरीले त्यति बेला जिल्लाको प्रशासनिक नेतृत्व गर्ने अधिकारीहरुसँग अनुसन्धानका लागि सहयोग माग्ने र घटना कसरी भयो भन्ने जानकारी लिने उद्देश्यले उनीहरुलाई बोलाउने तयारी गरेको हो ।
‘घटना पुराना भएकोले त्यस बेला केके भएको थियो, प्रहरीले कसरी अनुसन्धान गरेको थियो भन्न्े जानकारीका लागि तत्कालीन प्रशासनिक अधिकारीहरुको सहयोग लिइनेछ ,’ २ नं. प्रदेश प्रहरी प्रमुख डिआइजी प्रद्युन्न कार्काीले भने । बुधबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ कात्तिक ६ बुधवार ०७:४२ मा प्रकाशित






























