back
CTIZAN AD

झिनियाँ बनाउन व्यस्त महिला उद्यमी

वि.सं.२०७६ कात्तिक ६ बुधवार

582 

shares

६ कात्तिक, गलकोट । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै झिनियाँको माग बढ्न थालेको छ ।

तिहार रङहरुको पर्व भएका कारण त्यसका लागि सप्तरङ्गी झिनियाँको मागसमेत अत्याधिक हुनेगरेको छ । तिहारलाई आवश्यक झिनियाँका परिकार निर्माण गर्न बागलुङका उद्यमी यतिबेला निकै व्यस्त छन् ।

बागलुङ, पर्वत तथा म्याग्दीलगायत जिल्लाबाट झिनियाँ रोटीको माग हुन थालेकाले बनाउन भ्याइनभ्याई भएको सम्बद्ध उद्यमी बताउछन् । भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीको रुपमा दाजुभाइलाई खुवाउने परम्परा रहेकामा अन्य चाडवाडमा पनि यसको माग बढ्न थालेकाले बाह्रैमहीना झिनियाँ रोटी बनाइने भए पनि तिहारको समयमा भने माग पु¥याउन धौधौ भएको उनीहरुको भनाइ छ ।

दशैंँ र तिहारलाई लक्ष गरेर दुई महीना अगाडि देखि नै झिनियाँ रोटी बनाउन थालिन्थ्यो तर यसपाली वर्षका कारण पहिलै झिनियाँ तयार गर्न मुस्किल भएकाले अहिले उत्पादन गर्न हतार भएको बागलुङ बजारस्थित मरेपिपलकी मीरा श्रेष्ठ बताउछिन । तिहारको बेलामा भने झिनियाँको माग अत्याधिक हुने गर्दछ । “दशैँसम्मै वर्षा भएका कारण यसवर्ष लक्ष्य अनुसार झिनियाँ उत्पादन गर्न सकेका छैनाँै’ उद्यमी श्रेष्ठ भनछिन, “यहीँ बेला रु चारदेखि पाँच लाखसम्मको झिनियाँका परिकार उत्पादन गर्ने लक्ष्य छ ।” उद्यमीहरु बिहान तीन बजेदेखि नै उठेर झिनियाँ निर्माणमा व्यस्त हुने गरेका छन् ।

“अहिले झिनियाँको माग अत्याधिक छ” अर्का उद्यमी कुसुम बुढा बताउछिन, “तिहारमा यसको महत्व भएकाले माग ह्वात्तै बढेको छ ।” उनका अनुसार रु एक हजार पाँचसयको चामलबाट करीब रु दुई हजार पाँचसयदेखि रु तीन हजारसम्मको झिनियाँ उत्पादन गर्न सकिन्छ । होलसेलमा प्रतिदर्जन रु १०० मा तथा फुटकरमा रु १५० मा झिनियाँ बिक्री गर्दै आइरहेका उद्यमीहरु यतिबेला यसलाई तयार गरेर सुकाउनमै व्यस्त छन् । (रासस)

वि.सं.२०७६ कात्तिक ६ बुधवार ११:१४ मा प्रकाशित

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...