back
CTIZAN AD

मगरहरुको भावनालाई सम्बोधन गर्नुपर्नेमा जोड

वि.सं.२०७३ मंसिर १५ बुधवार

807 

shares

१५ मङ्सिर,काठमाडौँ। नेपाल मगर सङ्घ केन्द्रीय समिति, संयुक्त मगर मञ्च–नेपालले प्रदेशको सिमाङ्कनको विवाद समाधानको नाममा सरकारले संविधान संशोधन गर्दा प्रदेश नम्बर ४ र प्रदेश नम्बर ५ मा रहेका ऐतिहासिक मगर भूमिलाई एक ठाउँमा राखेर स्वायत्त प्रदेश बनाउनुपर्ने माग गरेको छ ।

मङ्गलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवीन रोकामगरले आफूहरुले उठाएका मागहरु सरकारले पूरा नगरे बाध्य भएर सशक्त आन्दोलनमा उत्रिने बताउँदै भन्नुभयो– ‘प्रदेश नम्बर ४ र ५ का आफ्नो ऐतिहासिक भूगोललाई एक ठाउँमा राखेर स्वायत्त मगरात प्रदेश बनाउनुपर्छ, । ’

संयोजक मगरले आफूहरुको यो साझा संशोधन प्रस्तावलाई अहिलेसम्म नेपाली राज्य निर्माणमा योगदान दिँदै आएका मगरहरुको भावनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमुक्ति पार्टीका नेत्री कमला थापाले सो जातिको पहिचान, पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्न नेपालको संविधान २०७३ मा संशोधन गरिनु अनिवार्य रहेको बताउनुभयो ।

सङ्घले व्यवस्थापिकामा जातीय जनसङ्ख्याको समानुपातिक प्रतिनिधित्वको आधारमा समावेशीकरण सुनिश्चित गरिनुपर्ने समेत माग गरेको छ । मगर सङ्घका अनुसार नेपालको कूल जनसङ्ख्याको ७.१२ प्रतिशत मगरहरुको जनसङ्ख्या रहेको बताइएको छ । रासस

वि.सं.२०७३ मंसिर १५ बुधवार ०३:४२ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...