back
CTIZAN AD

वडाध्यक्षको उम्मेदवार छान्नै सकस

वि.सं.२०७६ कात्तिक १८ सोमवार

846 

shares

१८ कार्तिक , काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस काभ्रेपलाञ्चोकलाई एक स्थानीय तहमा वडाध्यक्षको उम्मेदवार छान्न निकै सकस परेको छ ।

धुलिखेल नगरपालिका–२ का लागि दुई हप्तादेखिको छलफलले नेकपा र काङ्ग्रेसले वडाध्यक्षको उम्मेदवारबारे कुनै निष्कर्ष निकाल्न सकेको छैनन् ।

नेकपाका जिल्लाध्यक्ष रुकु चौलागाईले यसबारे पार्टीको जिल्ला नेतृत्व र स्थानीय नेता गम्भीर छलफलमा जुटेकाले यो हप्तासम्ममा वडाध्यक्षको उम्मेदवार टुङ्गो लगाइने बताए । “निर्वाचित हुने पक्का भएको स्थानमा उम्मेदवार छान्न सकस नै हुन्छ”, उनले भने ।

नेकपाका चार जनाले वडाध्यक्षको उम्मेदवारीमा दावी गर्दै आएका अध्यक्ष चौलागाईले बताए । हालसम्म नेकपा स्थानीय तह नगर र गाउँ कमिटी गठन नहुँदा जिल्ला कमिटी नेतृत्वले नै वडाध्यक्षको उम्मेदवार छान्न छलफल चलाउँदै आएको हो । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा १६५ वडा छन् ।

तत्कालीन निर्वाचित वडाध्यक्ष राजन कोइरालाको उपचारका क्रममा २०७४ भदौ १० गते मृत्यु भएको थियो । निर्वाचित भएको तीन महिनापछि अर्थात् विंसं २०७४ भदौ ४ गते साँझ घर नजिकै अज्ञात समूहको आक्रमणबाट टाउको र छातीमा गम्भीर चोट लागि अचेत भई लडिरहेको अवस्थामा भेटिएपछि उहाँलाई उपचारार्थ अस्पताल लगिएको थियो ।

प्रमुख प्रतिद्वन्द्वीका रुपमा नेपाली काङ्ग्रेसबाट गत निर्वाचनमा वडाध्यक्षमा पराजित बलराम कोइरालालगायत तीन जनाले वडाध्यक्ष उम्मेदवार आकांक्षी देखाएपछि काङ्ग्रेसको धुलिखेल नपा-२ वडा समितिले क्षेत्रीय समिति हुँदै जिल्ला समितिलाई सिफारिस गरेको छ । “वडाध्यक्षको उम्मेदवारबारे अब जिल्ला कार्य समितिले चयन गर्नेछ”, काङ्ग्रेस ४ नम्बर क्षेत्रीय सभापति महेश खरेलले भने ।

निर्वाचन आयोगले स्थानीय तहमा उपनिर्वाचनका उम्मेदवारका लागि कात्तिक २७ गते र २९ गते अन्तिम नामावली प्रकाशन तथा आउँदो मङ्सिर १४ गते मतदानको कार्यतालिका तय गरेको छ ।

वि.सं.२०७६ कात्तिक १८ सोमवार ०९:४६ मा प्रकाशित

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१...

 विश्वकप क्रिकेटका लागि नेपालको सशक्त दाबेदारी

 विश्वकप क्रिकेटका लागि नेपालको सशक्त दाबेदारी

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले ‘टि ट्वाण्टी’ विश्वकपमा...

लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ...