१८ कार्तिक , काठमाडौँ । साताको दोस्रो दिन आज सोमबार सुनको मुल्य घटेको छ । आजको तोलामा सुनको मुल्य २०० ले घटेको छ ।
आइतबार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार २ सय रहेको थियो भने आज तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ७१ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।
त्यस्तैगरी तेजावी सुनको मुल्य ७० हजार ७ सय रहेको पनि महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आइतवार प्रतितोला चाँदीको मुल्य ८ सय ७० रहेको चाँदीको मुल्य आजपनि ८ सय ७० मैै कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७६ कात्तिक १८ सोमवार १३:३४ मा प्रकाशित






























