back
CTIZAN AD

पिछडिएका समुदायको न्यायमा पहुँच वृद्धि गर्ने नेपालको प्रतिबद्धता

वि.सं.२०७६ कात्तिक १९ मंगलवार

819 

shares

१९ कार्तिक , काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिकरुपले विपन्न नागरिक, सीमान्तकृत वर्ग र पिछडिएका समुदायको न्यायमा पहुँच वृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

विश्व बैंक समूहले अमेरिकाको राजधानी वासिङ्टनडिसीमा आयोजना गरेको ‘न्याय क्षेत्र सुधार तथा प्रविधि’ विषयको उच्चस्तरीय सत्रलाई आज सम्बोधन गर्दै उनले न्याय सम्पादनमा सूचना प्रविधिको प्रयोग, त्यसमा नेपालको अवस्था र चुनौतीबारे जानकारी दिएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।

मन्त्री ढकालले न्यायपालिकामा सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग, त्यससम्बन्धी पूर्वाधार तथा जनशक्ति विकासका निम्ति विश्व बैंकसँग सहकार्य गर्न नेपाल तत्पर रहेको बताएका थिए ।

चारदिने ‘न्याय, कानुन र विकास सप्ताह’अन्तर्गत यही कात्तिक २१ गतेसम्म सञ्चालन हुने उच्चस्तरीय बैठकमा २५ देशका कानूनमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीश÷न्यायाधीश, महान्यायाधिवक्ता तथा न्याय क्षेत्रका उच्च अधिकारी सहभागी छन् ।

वि.सं.२०७६ कात्तिक १९ मंगलवार १४:४७ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...