back
CTIZAN AD

मासिक रु चार करोड रेमिट्यान्स एउटै वडामा

वि.सं.२०७३ मंसिर १६ बिहीवार

1K 

shares

गुल्मी । गुल्मीको वामी गाविस वैदेशिक रोजगारबाट जिल्लामा सबैभन्दा बढी विप्रेषण भित्र्याउने गाविस मध्येमा पर्दछ । गाविसको एउटै वडाका विभिन्न मुलुकको वैदेशिक रोजगारीका लागि चारसयजना भन्दा बढी युवा गएको पुष्टि भएको छ ।

उनीहरुबाट ती मुलुकमा हुने गरेको न्यूनतम तलब आम्दानी जोड्दा पनि झन्डै साढे चार करोड आम्दानी एकै महिनामा हुने गरेको छ । वामी–९ अन्तर्राष्ट्रिय सम्पर्क समितिले मात्रै विभिन्न मुलुकमा रहेका वामी–९ का युवाको सङ्ख्या पाँचसय ४५ जनाको तथ्यांक निकालेको छ ।

करिब २० वर्षअघि जापानबाट सुरु हुन्छ वामी–९ का युवाको वैदेशिक रोजगारको यात्रा सो वडा नम्बर ९, टोड्केका वोमबहादुर रायमाझीका छोरा लेखबहादुर रायमाझी र सोही वडा भेडुवाबाट काठमाडौँ बसाइँसराइ गर्नुभएका खिमबहादुर खरालका छोरा योगेन्द्र खराल आजभन्दा १८ वर्षअघि जापान एकै साथ पुग्नभएको थियो ।

उहाँहरु पुगेपछि त्यहाँका युवाको लर्को त्यसतर्फ लाग्न थाल्यो । अहिले वडा नं ९ बाट दुईसय महिला र पुरुष जापानमा पुगेको वामी–९ अन्तर्राष्ट्रिय सम्पर्क समितिका केन्द्रीय अध्यक्ष दिलीप थापाले जानकारी दिनुभयो । यसरी ती दुईसय जनाबाट न्यूनतम मासिक रु एक लाखका दरले हिसाब गर्दा पनि एकै महिनामा दुई करोड त्यहाँ पुगेका युवाले कमाउने गरेका छन् ।

अस्ट्रेलियामा १० जना पुगेका छन् । उनीहरुबाट न्यूनतम रु एक लाखका दरले पनि महिनमा रु ५० लाख कमाई हुने गरेको छ । युकेमा ५० जना रहेका छन् । उनीहरुबाट न्यूनतम डेढ लाखका दरले रु ७५ लाख एकै महिनामा कमाई हुने गरेको स्पष्ट हुन्छ ।

अमेरिकामा १० जना रहेका छन् । उनीहरुबाट न्यूनतम रु एक लाखका दरले मासिक १० लाख कमाई हुने अनुमान गरिएको छ । न्युजिल्यान्डमा ३५ जना छन् । उनीहरुबाट पनि मासिक एक लाखका दरले न्यूनतम मासिक रु ३५ लाख आम्दानी हुने गरेको छ ।

मलेसियासहितका खाडी मुलुकमा सयजना रहेका र उनीहरुबाट न्यूनतम मासिक रु २५ हजारका दरले रु २५ लाख कमाईको अनुमान गरिएको छ । भारतमा दुईसय जनाबाट न्यूनतम मासिक १० हजारका दरले रु २० लाख कमाई हुने अनुमान गरिएको छ ।

यो तथ्याङ्कबाट अन्य सहरमा घर–घडेरी खरिद नगर्ने हो भने एउटै वडा नं ९ मा मात्रै मासिक चार करोड १५ लाख रुपैयाँ विप्रेषण रकम भित्रिन सक्छ । स्वदेशमा शिक्षक, अन्य सरकारी र सङ्घसंस्थामा भएका जागिरे समेतको हिसाब गर्दा न्यूनतम मासिक रु पाँच करोड नगद कमाई हुने स्थलगत अध्ययनको तथ्याङ्कले देखाएको छ । रासस

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०३:५६ मा प्रकाशित

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी...

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

काठमाडौं। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो...

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...