back
CTIZAN AD

वेल्जियमको उच्चस्तरीय राजनैतिक टोलीले नेपाल भ्रमण गर्ने

वि.सं.२०७३ मंसिर १६ बिहीवार

1.3K 

shares

12031594_1497094907274871_6318794879920115046_oबेल्जियम । नेपाली समाज वेल्जियको संयोजनामा बेल्जियमको सवै भन्दा ठूलो राजनैतिक दल ल्ख्ब् का केन्द्रीय सांसदहरू सहितको एक उच्च स्तरिय टोली  नेपाल आउने भएको छ ।
उक्त टोली आगामी चैत्र २१ गतेवाट देखी वैशाख २ गते सम्म नेपालको भ्रमण आउने भएको हो ।  टोलीमा चितवन जिल्ला घर भै वेल्जियमको सत्तारूढ दलका क्षेत्रीय सदस्य समेत रहेका छोरी परियोजनाका अन्र्तराष्ट्रिय संयोजक कृष्णप्रसाद रेग्मीले नेतृत्व गर्नु हुने छ भने टोलीका अन्य सदस्यहरूमा वेल्जियमको केन्द्रीय संसद कामरका संसदीय दलका उपनेता रिता वेलन्स ,वेल्जियमकै सवै भन्दा कान्छी सांसद डा. योलिन भान क्याम्प , फलामिस प्रधानमन्त्रीका गृहप्रशासन सम्वन्धित सल्लाहकार मिट भान्दरस्टेगन , छोरी परियोजनाका सल्लाहाकार लिन्दा एभरार्ट ,नोवेर्ट र भिभियाने , तथा नगर उपप्रमुख वेल्स , पत्रकार मार्क हेर्सन (गजेट भान आन्त्रोपेन) लगायतकाले नेपालको भ्रमण गर्ने छ  ।
भ्रमण टोली नेपालमा रहदाँ प्रधानमन्त्री , परराष्ट्र मन्त्री , अर्थ मन्त्री
तथा राष्ट्रिय पुन निर्माण समिति , पर्यटन मन्त्रालय र योजना आयोगका
पदाधिकारहरूसंग समेत दुइ पक्षीय हितका सम्वन्धमा छलफल हुनेछ । सो टोलीले भुकुम्प प्रभावित चितवनको कविलास गाविसमा संचालित कार्यक्रमहरूमा समेत सहभागिता जनाउने  छ भने , कविलासमा नै निर्माण हुने छोरी परियोजना बहुउद्देश्यीय सामुदायिक भवनको निर्माणको शिल्यान्यास समेत गर्ने छ  ।  साथै छोरी परियोजनाको आयोजनामा हुने चितवनका दुर्गम क्षेत्रका नानीहरूको शैक्षिक भ्रमणमा समेत सहभागि हुने छ । तीन दिन चितवन रहदाँ टोलीले विभिन्न स्थानीय निकायहरूले आयोजना गर्ने कार्यक्रमहरू सहभागी हुने कार्यक्रम रहेको छ । टोली
पोखरा , वन्दिपुर र गोर्खा लगायत राजधानीका विभिन्न पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्ने छ । यो टोलीले से फोक्सुन्डो , रारा ताल र वर्दिया राष्ट्रिय निकुंजको समेत भ्रमण गर्ने छ तर यो निर्णय हुन वाँकी नै छ यस सम्वन्धमा नेपाल सरकार आन्तरिक गृहकार्यमा रहेको जानकारी प्राप्त भएको छ ।
छोरी परियोजनाको आयोजनामा वेल्जियमका राजनैतिक दलका सानो एक टोलीले यस अगाडि पनि नेपालमा भ्रमण गरेको थियो भने वेल्जियमवाट उच्च स्तरीय राजनैतिक यो भ्रमण भने पहिलो पटक हुदै छ यसले नेपालको पर्यटन पूर्वाधार तथा नेपाल र वेल्जियमको आपसी नागरिक तहको कुटनैतिक सम्वन्ध विकास गर्न समेत महत्वपूर्ण हुने विश्वास नेपाली दुतावास वेल्जियमका नव नियुक्त राजदुत लोकवहादुर थापाले बताउनुभयो ।

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०४:१६ मा प्रकाशित

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...