back
CTIZAN AD

उपनिर्वाचन २०७६ः मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापित

वि.सं.२०७६ कात्तिक २१ बिहीवार

816 

shares

२१ कार्तिक, काठमाण्डौं । आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनमा आज ११ दल र १० स्वतन्त्रसहित २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट देवीप्रसाद (डिपी) ढकालले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा सचिवालय सदस्य वामदेव गौतम, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, सांसद महेश बस्नेत, प्रदेशसभासद्त्रय रामेश्वर फुयाँल, शशीजंग थापा र डा राजेन्द्रमान श्रेष्ठ, नेत्री सरस्वती वाटी, नेकपा जिल्ला अध्यक्ष वचन देउजालगायतको नेतृत्वमा कमलविनायकबाट निस्किएको बाजागाजासहितको समूह मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएको थियो ।

त्यसैगरी नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापालगायतको समूह कमल विनायकबाट बाजागाजासहित कार्यालय आइपुगेको थियो । सो दलका तर्फबाट पूर्व क्षेत्रीय सभापति कृष्णलाल भँडेलले उम्मेदवारी दर्ता गराए । यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, प्रदेश सदस्य सुरेन्द्रराज गोसाइँलगायतको टोली कमलविनायकबाट बाजागाजासहित उक्त कार्यालयमा आएको थियो। सो दलका तर्फबाट निरज लवजूले उम्मेदवारी दर्ता गराएका थिए ।
अन्य दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट रामशरण लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामप्रसाद नेपाल, साझा पार्टीबाट सुरज प्रधान, समाजवादी पार्टीबाट सुदर्शनकुमार मुनंकर्मी, नेकपा मालेबाट सुदर्शन लामिछाने, नेपाली काँग्रेस (बि.पी.) बाट मधुसूदन न्यौपाने, आमूल परिवर्तन मसिहा पार्टीबाट डिल्लीप्रसाद चौलागाईँ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङ्मार लामाले उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
त्यसैगरी स्वतन्त्रबाट कृष्णप्रसाद ह्यामो, कृष्णराम पोतामाहा, जीवन नेपाली, अर्जुन कोजू, राकेश सुवाल, उत्तम शाखकर्मी, सुमना कार्की, जीवनचन्द्र अधिकारी, सुजाता देउजा, संगीता पौडेल आचार्यले पनि उम्मेदवारी दर्ता गराए । विसं२०७४मा भएको निर्वाचनमा तत्कालिन एमालेबाट निर्वा्चित हरिशरण लामिछानेको मष्तिष्काघातका कारण निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुने भएको हो । (रासस)

वि.सं.२०७६ कात्तिक २१ बिहीवार १६:५३ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...