back
CTIZAN AD

लिपुलेक र कालापानी विवाद समाधान गर्न भारत तयार

वि.सं.२०७६ कात्तिक २२ शुक्रवार

828 

shares

२२ कार्तिक, काठमाडौँ । नयाँ राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरेको भारतले नेपालमा त्यसको चर्काे विरोध भएपछि कूटनीतिक तवरबाट समाधान खोज्ने स्पष्ट पारेको छ ।

भारतले नेपालको सीमा नमिचेको दाबी गर्दै समस्या समस्या समाधान गर्न तयार रहेको जनाएको हो । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले नक्सामा सीमा परिवर्तन नगरिएको दाबी गरे । सीमामा बाँकी केही समस्या समाधान गर्न भारत तयार रहेको उनको भनाइ छ ।

‘ नेपालसँग दुइृपक्षीय सम्बन्धको मर्ममा अडेर सीमा समस्या समाधान गर्नुपर्छ,’ उनले भनेका छन् , ‘हाम्रो नक्साले भारतको सार्वभौम भूमिमात्र देखाउँछ । नक्सा मिचिएको कुनै संकेत छैन । ’

उनले दुई देशबीचका सीमा समस्या उच्चस्तरीय संयुक्त आयोगका बैठकबाट समाधान हुन बाँकी रहेको बताए । परराष्ट्रमन्त्रीस्तरीय बैठकले सीमासम्बन्धी समस्या समाधान गर्न प्राविधिकहरुको सल्लाहमा परराष्ट्र सचिवहरुलाई जिम्मेवारी दिएको पनि उनले स्मरण गरेका छन् । शुक्रबारको अन्नपूर्ण पोस्ट्बाट

वि.सं.२०७६ कात्तिक २२ शुक्रवार ०७:४३ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...