back

‘विदेशमा रहेका सबै नेपालीहरू देशको दूत बन्न तयार हुनुपर्छ’

वि.सं.२०७३ मंसिर १६ बिहीवार

1.1K 

shares
NTC AD

ganesh-gurung

नेपालका डाँडापाखामा जन्मेर हुर्केका नेपालीहरूका लागि लोकदोहोरी मुखमै झुण्डीएको हुन्छ । चाडपर्वमा जमघटका साथै दाउराघाँस अनि बिहे ब्रतबन्ध वा कुनै पनि रमाइलो क्षणमा लोकदोहोरीसँगै रमाउने नेपालीको संस्कृति हो । विभिन्न रहर या बाध्यताले संसारकै जुन कुनामा पुगे पनि जन्मैदेखि अँगाल्दै आएको नेपाली कला संस्कृति नेपालीको रगत–रगतमा प्रवाह भएको हुन्छ । उ जहाँ पुग्छ त्यहाँ नेपाली कला संस्कृति प्रस्तुत गरेको हुन्छ ।

भनिन्छ मन, बचन र कर्मले गरिएको व्यवसायले व्यक्तिलाइ त फाइदा हुन्छ नै त्यसमा समाज र देशको आर्थिक समृद्धिमा पनि टेवा पुग्छ । यस्तै भनाईलाई सार्थक बनाएका छन्, युके रहँदै आएका गोरखाका, गणेश गुरुङले । साथै त्यस्ता केही व्यवसायी छन् जसलाई पैसा कमाउने र व्यक्ति धनी बन्ने मात्र नभएर विदेशमा नेपाली संस्कार, सभ्यता र कला संस्कृतिको प्रबद्र्धनको संवाहकको रुपमा पनि लिइन्छ । संसारका विभिन्न देशमा रहेका नेपालीले गरेको व्यवसायले धन, पैसा र नाम मात्रै कमाएको नभएर नेपाली संस्कृति र संस्कारको प्रचार पनि भएको छ ।

आजभन्दा ४६ वर्ष अगाडि गोर्खा जिल्ला छाप्रोक ४ शालवोटमा स्वर्गीय बुवा धनबहादुर गुरुङ र आमा सन्त माया गुरुङको कोखबाट जन्मिएका गणेशले त्रिभुवन विश्वविद्यालयबाट एकाउन्टीङ एण्ड ट्याक्स विषयबाट एमबिए, नेपाल ल क्याम्पसबाट एलएलबि, लन्डनबाट इन्टरनेशनल विजनेशमा मास्टर्स र लिड्स मेट्रोपोलिटियन यूनिभर्सिटी लन्डनबाट मास्टर्स एण्ड विजनेश साइन्स (एमएस्सी) गरेका छन् ।

सन् २००६ मा इन्टरनेशनल विजनेशमा मास्टर्स गर्न यूके पुगेका गणेश अहिले यूकेवासी नेपालीका बीच निरमाया रोधिघर परिवार नामक व्यवसाय गरी नेपाली लोक संस्कृतिको प्रबद्र्धन र प्रचारमा लागेका सफल व्यवसायीका रुपमा परिचित छन् ।

यूके पुग्नुभन्दा पहिले नर्वेजियन कम्पनी हिमाल पावर लिमिटेड (खिम्ती हाइड्रोपावर) मा कार्यरत गुरुङले विभिन्न सामाजिक संस्थामा आबद्ध हुनुका साथै लायन्स क्लब अफ सामाखुसी काठमाडौँको उपाध्यक्षको कार्यभार सम्हालिसकेका छन् भने यूकेमा खुलेका विभिन्न नेपाली संघसंस्थाका साथै जातिय संस्थामा पनि आबद्ध छन् ।

झण्डै २ लाख पाउण्ड लगानीमा गणेश र उनका साथीहरू धन गुरुङ, मोहन गुरुङ र टकमान गुरुङको संयुक्त लगानीमा खोलिएको उक्त रोधिघरमा हप्ताको ६ दिन दोहोरीको मजा लिन पाइन्छ । रोधिघरमा स्थानीय कलाकार, संघसंस्थाको निमन्त्रणमा यूके पुगेका कलाकार र आफ्नै लाइसेन्सबाट गायक गायिकाहरू रोधिघरका लागि लैजाने गरेका छन् । झण्डै २ सय जनाको क्षमता रहेको उक्त रोधिघर 111 VICTORIYA ROAD GU11 1JE ALDERSHOT HAMPSHIRE, मा रहेको छ ।

नेपालका डाँडापाखामा जन्मेर हुर्केका नेपालीहरूका लागि लोकदोहोरी मुखमै झुण्डीएको हुन्छ । चाडपर्वमा जमघटका साथै दाउराघाँस अनि बिहे ब्रतबन्ध वा कुनै पनि रमाइलो क्षणमा लोकदोहोरीसँगै रमाउने नेपालीको संस्कृति हो । विभिन्न रहर या बाध्यताले संसारकै जुन कुनामा पुगे पनि जन्मैदेखि अँगाल्दै आएको नेपाली कला संस्कृति नेपालीको रगत–रगतमा प्रवाह भएको हुन्छ । उ जहाँ पुग्छ त्यहाँ नेपाली कला संस्कृति प्रस्तुत गरेको हुन्छ ।

गणेश र साथीहरूले पनि त्यहि सोच र भावनाबाटै लोकदोहोरी सञ्चालन गरे । गणेश भन्छन् “लोक संस्कृतिलाई व्यवसायका रुपमा लगेर विदेशी भूमिमा लोक संस्कृतिको प्रवद्र्धन गर्ने सोचले “निरमाया रोधिघर परिवार” सुरु ग¥यौं ।”

नेपालीहरू विशेषत रेष्टुरेण्ट, कलेज, सुपरमार्केट, ग्रोसरी लगायतका धेरै व्यवसायमा जमेका छन्, बेलायतमा । व्यवसायसँगै नेपाली तथा विदेशीहरूसँग पनि व्यवसायिक प्रतिस्प्रर्धा बढेको बताउँछन्, गणेश । “यहाँ व्यवसायमा प्रतिस्प्रर्धा धेरै छ । सहज भन्दा पनि अप्ठ्यारा बढी छ जस्तो लाग्छ मलाई ।” उनी भन्छन् “आन्तरिक कठिनाई, विदेशी भाषा, म्यानपावरको समस्या, कानुनी अवस्था अनि अध्यागमन रुल लगायतका कठिनाइ भोगिरहनु परेको छ ।”

गणेशले अब नेपालमै फर्केर केही गर्ने सोच बनाएको ऐक्यबद्धतालाई बताएका छन् । विदेशमा नेपालीको प्रवेश सँगै नेपाली कला संस्कृति पनि प्रवेश हुने हुनाले आफ्नो देशको कला संस्कृति र पर्यटनको प्रबद्र्धन गर्न, देशलाई आर्थिक समृद्धिको बाटोमा डो¥याउन र जन्मेको माटोको पहिचान गराउन तथा विदेशीहरूलाई देश घुम्न निम्तो दिनका लागि सबै नेपालीहरू देशको दूत बन्न तयार हुनुपर्छ, उनी बताउँछन् ।

सुरुमा अध्यनका लागि त्यहाँ पुगेका केही नेपालीले बेलायतमै बसेर व्यवसायको सुरुवात समेत गरे जुन अहिले व्यापक रुपमा फस्टाउँदै गएको छ । त्यतिबेला न्यून रहेको नेपालीहरूको संख्या अहिले झण्डै १ लाख ५० हजार पुगेको छ ।
प्रस्तुतीः चन्दा थापा

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०९:०६ मा प्रकाशित

ADBL AD
लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’

लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’

काठमाडौँ । वित्तीय क्षेत्रमा लामो अनुभव सम्हाल्नुभएका पर्वतकुमार कार्की नेपाल...

प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेनौँः कमलबहादुर शाह

प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेनौँः कमलबहादुर शाह

सुदूरपश्चिम । संविधानसभामा निर्वाचित जनप्रतिनिधिले बनाएको नेपालको संविधान २०७२ लागू...

प्रदेश सरकार खर्चिलो भयो भन्ने कुरामा म सहमत छैन

प्रदेश सरकार खर्चिलो भयो भन्ने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक...

पालिकामा निमित्त दिने अभ्यास हटाएरै छाड्छु

पालिकामा निमित्त दिने अभ्यास हटाएरै छाड्छु

राज कुमार गुप्ता, मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन काठमाडौं...

संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख

संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई...