back
CTIZAN AD

राष्ट्रिय शिक्षा नीति मौलिकतारहित भएको आरोप

वि.सं.२०७६ कात्तिक २४ आइतवार

822 

shares

२४ कात्तिक, काठमाडौँ । सरकारले हालै जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ मौलिकतारहित रहेको मौलिक जरोकिलो पार्टीले जनाएको छ । उक्त नीति मन्त्रिपरिषद्ले यही कात्तिक १८ गते स्वीकृत गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कात्तिक २१ गते सार्वजनिक गरेको उक्त नीतिको मूल स्वरुपमा मौलिकता नदेखिएको पार्टीका प्रवक्ता लीलाबहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाउने जुन लक्ष्य तोकिएको थियो, त्यो पूरा गर्ने कुनै ठोस योजना यस नीतिमा छैन”, उनले भने । उक्त नीतिमा देशका मौलिक रैथाने धर्म, संस्कार, संस्कृति, सभ्यता सम्बन्धी मूल्य तथा मान्यता, प्रविधि एवं सीपलाई प्राथमिकता नदिइएको उक्त पार्टीका केन्द्रीय संयोजक सुशील गौतमले बताए ।

“नेपालका संस्कृत, नेपाली भाषा एवं मातृ भाषाका पक्षमा कुनै योजना नहुनु, गुरुकुल एवं गुम्बालगायत शिक्षाको विकासमा सरकारको दृष्टि नपुग्नु र शिक्षण संस्थामा समुदायको स्वामित्व एवं व्यवस्थापन सुनिश्चित गर्ने सोच नदेखिनु आपत्तिका कुरा हुन्”, उनले भने । (रासस)

वि.सं.२०७६ कात्तिक २४ आइतवार १४:३७ मा प्रकाशित

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१...

 विश्वकप क्रिकेटका लागि नेपालको सशक्त दाबेदारी

 विश्वकप क्रिकेटका लागि नेपालको सशक्त दाबेदारी

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले ‘टि ट्वाण्टी’ विश्वकपमा...

लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ...