back
CTIZAN AD

जर्मन चान्सलर मर्केललाई काबुमा पार्ने रूसी राष्ट्रपति भ्लादमिरको ‘कुकुर कुटनीति’

वि.सं.२०७६ कात्तिक २४ आइतवार

846 

shares

एकपल्ट रूसी राष्ट्रपति भ्लादमिर पुटिन र जर्मन चान्सलर एगेंला मर्केल बीच कुटनीतिक वार्ता चलेको चर्चा निकै चर्चित भयो । रूसी कुटनीतिज्ञहरूले मर्केललाई कसरी काबुमा पार्ने भन्ने अनुसन्धान गर्न थाले । अनुसन्धानले एउटा कुरा पत्ता लाग्यो । मर्केल कुकुरसँग निकै डराउने रहिछन् । सबैलाई थाहा भएकै कुरा हो पुटिन कुकुरका सौखिन मानिस हुन् । पुटिन र मर्केल वार्तामा बसेपछि रूसी पक्षले पुटिनको कुकुर वार्ता स्थलमा पठाए । मर्केल कुकुर देखेर वार्तामा कसिनु भन्दा आफ्नो बचाउमा नै बढी केन्द्रित भइन । उनले कुकुरदेखि डराएर वार्तामा राम्ररी कुरा पनि राख्न सकिनन् । पुटिनले आफ्ना कुरा जबरजस्त रूपमा राखेर मर्केललाई त्यो वार्तामा चेकमेट गरे ।

कुटनीतिक वार्ताको विषयमा कुरा गर्ने हो भने बीसौं सताब्दीमा सबैभन्दा बढी बर्बादी र वार्ता इजरायली र प्यालेस्टाइनीहरूबीच भएको छ । अमेरिकाले यासिर अराफातलाई लामो समयसम्म आफ्नो देशमा प्रवेशाज्ञा दिएन । एकपल्ट संयुक्त राष्ट्र संघको बैठक न्युयोर्कको साटो जेनेभामा गरेर अराफातलाई बोल्न आग्रह गरिएको थियो । अराफातले त्यो सभामा आफ्नो एउटा हातमा शान्तिको प्रतीक जैतुनको हाँगा बोकेका थिए भने अर्को हातमा पेस्तोल । उनले भने हामी शान्तिका हिमायती हौं, हामी शान्ति चाहन्छौं तर कसैलाई हाम्रो शान्तिमाथि शंका छ भने हामी लड्न पनि तयार छौं । र आजसम्म प्यालेस्टाइनीहरू न्यायिक युद्ध लडिरहेका छन् ।

हिजो नेपाल–भारत सीमा समस्या समाधान बारे प्रधानमन्त्रीको आमन्त्रणमा प्रधानमन्त्री निवास बालुवाटारमा चार घण्टाभन्दा बढी समय सर्वदलीय बैठक बस्यो । बैठकको निष्कर्ष सबैले सोचेकै जस्तो जुक्ती नजानेका जोखिम मोल लिन नसक्ने नेपालका त्यहाँ भागलिने सबै राजनीतिक दलहरूले प्रधानमन्त्रीलाई कुटनीतिक पहल गर्ने म्यानडेट दिए । बैठक पछि परराष्ट्रमन्त्रीले तीन विकल्प सुनाए । परराष्ट्र सचिव स्तरमा, परराष्ट्रमन्त्री स्तरमा र आवश्यक परे प्रधानमन्त्री स्तरमा कुटनीतिक पहल गर्ने । कुस्ती र कुटनीतिमा धेरै दाउहरू प्रयोग हुन्छन् । नेपाल–भारत सीमा विवाद बारे नेपाली जनताको उर्लंदो आक्रोशको रापतापमा वार्ता भए समाधान नेपालको पक्षमा हुन सक्छ । जनतालाई सडकबाट निकालेर वार्तामा बसे नेपाल फेरि पनि ठगिन सक्छ । यो सीमा विवादमा नेपाल सरकारले कुन कुटनीतिक दाउ प्रयोग गर्छ, आगे सरकारको मर्जी ।

वि.सं.२०७६ कात्तिक २४ आइतवार १६:२९ मा प्रकाशित

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...