संसार भरिका सबैभन्दा सुन्दर नारी
को हो भनेर कसैले सोध्यो भने
सहजै उत्तर दिन्छु म मेरी आमा
आज म स्कूल पढे
कलेज पढे
देश विदेश घुमे
आफैले आफैलाई ठूलो भयको महसूस गर्छु
हिजो जस्तो म बालक नरहेको आवास् गर्छु
संसार घुमि रहेको म कसरी बच्चा रहन्थे र
मेरो मन भित्र यस्तै प्रश्न खडा रहन्छ
सेतै कपाल फूलेका
अनुहार चाउरी परेको
हात,खुट्टा भर पूरै नशा देखिएका
आँखामा पावर वाला चश्मा लगाएकी
मेरी आमाले अझै पनि मलाई बच्चै देख्नु हुन्छ
आज पनि मलाई नाबालक सम्झिनु हुन्छ
घरबाट एक्लै हिड्दा कतै केहि हुन्छ कि भन्दै
धेरै चिन्ता लियर डराई रहनु हुन्छ
कहिले दाहिने गालामा
कहिले देब्रे गालामा
बच्चालाई जस्तो चुप्प म्वाई खानु हुन्छ
मलाई जन्माउन
उहाँले ठूलो चोट सहनु भयको थियो रे
ठूलो पेट बोकेर
मेलापात जानु हुन्थो रे
अगाडि पेट भित्र मलाई
पछाडि पृठ्युमा घाँस दाउरालाई
बोकेर हिड्नु हुन्थ्यो रे
ठूलो पेट हुदा नै
गाई भैसि दुहुनु हुन्थ्यो रे
सकि नसकि टाढा बाट पानी ओसार्नु हुन्थो रे
घटौ सम्म घरमा पीडाले छट्टपटाएर
रगतको खोला बगाएर
मलाई पृथ्वीमा ल्याउनु भयको अरे
जन्मे पछी मलाई पृठ्युमा बोकेर
घरगोठ चारैतिर भ्याउनु हुन्थ्यो रे
मलाई सानो चोट लाग्दा
सबैभन्दा पहिला पिडा उहाँलाई हुन्थ्यो रे
मलाई हरेक रात सुत्दा
अनेकौ कथा सुनाउदै सुताउनु हुन्थ्यो रे
मैले सोधेका हर प्रश्नहरूको उत्तर
झर्को नमानि भनि दिनु हुन्थ्यो रे
मैले मागेका हर चिज
केहि सेकेंड मै उपलब्ध गराई दिनु हुन्थ्यो रे
आफू भोको रहेर
मलाई पेट भर खुवाउनु हुन्थ्यो रे
मेरो बोली सुन्न खुब धेरै तड्पिनु हुन्थ्यो रे
कहिले हिड्ला भनेर ताते ताते
गराई रहनु हुन्थ्यो रे
म बोलेको कहिल्यै झर्को मान्नु भयन रे
हिजो आज मलाई मेरी आमाले
यी कुराहरू सुनाउदा
मलाई कुनै फिल्मको कहानि जस्तो लाग्छ
कुनै जमानाको असत्य कथा जस्तो लाग्छ
बुढो शरीर अस्वस्थ अबस्था
रहेकी मेरी आमाले
आज पनि आँफुलाई भन्दा धेरै
प्रेम/माया मलाई गर्नु हुन्छ
आँफुले खाना खाए नखाएको भन्दा
मैले खाना खाए नखाएको ख्याल राख्नु हुन्छ
रातमा घर आउन ढिलो भयो भने
चिन्ताले निकै बेर छट्टपटाएर बस्नु हुन्छ
सानो पीरले म चुप रहे भने
मलाई भन्दा झन धेरै पीरले
उहाँलाई सताउछ
हिजो म उहाँको लागि बच्चा थिए
आज पनि उहाँको लागि बच्चै छु
भोली पनि उहाँको लागि बच्चै रहने छु
वि.सं.२०७६ कात्तिक २४ आइतवार १६:३२ मा प्रकाशित






























