back
CTIZAN AD

जनताको पैसामा विश्वासघात गर्न पाइदैंन : गभर्नर नेपाल

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

1.1K 

shares

२६ कात्तिक, काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरन्जीवि नेपालले जनताको पैसामा विश्वासघात गर्न नपाइने बताएका छन् ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको औपचारिक रुपमा वित्तिय सेवाको समुद्घाटन गर्दै गभर्नर नेपालले वित्तिय संस्था संचालन गर्न शेयरधनी, ग्राहक र संचालक कोही पनि जोखिममा पर्न नहुने तथा वित्तिय संस्थाहरु जनताको हो भन्ने ठानेर काम गर्नुपर्ने बताएका हुन् । बोर्डमा बसेर पैसा कमाउछु भन्ने कसैले सोचेको छ भने त्यस्ताले आजैदेखि जिम्मेवारी छाड्न समेत सुझाव दिएका थिए ।

चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३ सय रहेको सो फाइनान्सको प्रधान कार्यालय हेटौडा–१ मकवानपुरमा रहेको छ भने काठमाण्डौंको पुतलीसडक, वुटवलको नेपालगन्ज रोड–अमरपथमा शाखा कार्यालय रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त यस कम्पनीको अध्यक्षमा टिकानिधी लोहनी तथा संचालहरु केशबराम श्रेष्ठ, विनोद कुमार सुवेदी, शिवलाल पुरी र विज्ञ संचालकमा श्री कुमार श्रेष्ठ तथा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिइओमा पुष्प प्रसाद श्रेष्ठ रहेका छन् ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार समृद्दि ५५ प्लस, समृद्द गृहलक्ष्मी, समृद्दि शेयरधनी बचत खाता संचालनमा छन् भने व्यक्तिगत कर्जा, घर कर्जा, शिक्षा तथा व्यवसायीक कर्जाको सेवा प्रदान भएका छन् । श्रेष्ठका अनुसार कम्पनीले हकप्रद शेयर तथा अन्य प्रक्रियामार्फत् चुक्ता पुँजी ८० करोड बनाउने छ ।

वि.सं.२०७६ कात्तिक २६ मंगलवार ११:१० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...