back
CTIZAN AD

रामपुरलाई आलु पकेट क्षेत्रका रूपमा विकास गरिने

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

753 

shares

२५ कात्तिक, बेझाड । आलु खेतीमा आत्मनिर्भर बनाउन रामपुरमा आलु पकेट क्षेत्र विकास कार्यक्रम शुरु गरिएको छ । रामपुरलाई आलु पकेट क्षेत्रका रूपमा चिनाउन रामपुर नगरपालिका–६ को कार्यालयले वडाका कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरी पकेट क्षेत्र विस्तार कार्यक्रम अगाडि बढाएको छ । वडाले गत वर्षदेखि नै आलु पकेट कार्यक्रम शुरु गरेको हो ।

यस वर्ष सबैजसो घरमा आलु लगाउन अभियान नै वडाले थालनी गरेको छ । कम्तीमा पनि एक कृषकले दुई रोपनी क्षेत्रफलमा आलु खेती गर्ने अभियान रहेको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए ।

“कृषकले उत्पादन गरेका आलुले बजार नपाएको खण्डमा लामो समयसम्म सुरक्षित साथ राख्न शीत भण्डारमा वडाले आफ्नै खर्चमा राख्ने व्यवस्था गर्नेछ, यहाँ उत्पादन भएको आलु अन्यत्र बजारमा पठाउने गरी रामपुर क्षेत्रलाई आलु ‘हब’का रूपमा चिनाउन यो कार्यक्रम थालनी गरेका हौँ”, अध्यक्ष न्यौपानेले भने ।

वडामा रहेका नदी किनारा आयआर्जन महिला कृषक समूह, कँडेलवारी कृषक समूह, तालपोखरा कृषक समूह, जनजागृति कृषक समूह, मिलीजुली कृषक समूह, राधाकृष्ण कृषक समूहलाई मागका आधारमा र ६८ कृषकलाई प्रतिव्यक्ति ५० किलोका दरले आलुको बीउ वितरण गरिएको वडा सचिव वासुदेव ढकालले बताए ।

यस वर्ष दुई लाख ६१ हजारको लागतमा ६० क्विन्टल जनकदेव जातको आलुको बीउ खरीद गरी कृषकलाई वितरण गरिएको छ । जनकदेव जातको एक किलो आलुको बीउबाट १५ किलोसम्म उत्पादन लिन सकिन्छ । वडामा १५० रोपनीभन्दा बढी क्षेत्रफलमा आलु लगाउने कृषकले तयारी गरेका छन् । आलु खेतीमा उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ । आगामी वर्ष तीन सयभन्दा बढी रोपनी क्षेत्रफलमा आलु खेती गर्न कृषकलाई सहयोग गर्ने वडाले जनाएको छ ।

गत वर्ष वडा कार्यालयले जनजागृति कृषक महिला समूहलाई एक लाख, कँडेलबारी कृषक समूहलाई २५ हजार, नदी किनारा आयआर्जन कृषक समूहलाई २५ हजार, जनजागृति आयआर्जन कृषक समूहलाई ५० हजार, तालपोखरा कृषक समूहलाई २५ हजार, राधाकृष्ण तरकारी कृषक समूहलाई ५० हजार, मिलीजुली कृषक समूहलाई ५० हजार, मनकामना कृषक समूहलाई २५ हजार रकम बीउ खरीदको लागि प्रदान गरेको थियो ।

गत वर्ष वडामा करीब एक हजार क्विन्टल आलु उत्पादन भएको थियो । कृषि र पर्यटन विकासको नारा बोकेको वडाले विजयपुर कृषि सहकारी संस्थाको सहकार्यमा आलु पकेट क्षेत्र विकास कार्यक्रम गरेको छ । वडामा उत्पादन भएका आलुले बजार नपाएको खण्डमा सहकारीले बजार व्यवस्थापन गरिदिने सहकारीका अध्यक्ष सूर्यप्रसाद रेग्मीले बताए ।

“कृषकले आलु उत्पादन गरेमात्र भयो, सहकारीको सङ्कलन केन्द्र भवन छ, बजारीकरणको प्रबन्ध सहकारीले गर्नेछ”, उनले भने । आलुको उत्पादन बढाएर यो क्षेत्रलाई आलु हबका रूपमा चिनाउने, आलुबाटै कृषकलाई आत्मनिर्भर बनाउने वडाको योजना छ ।

वडालाई कृषिका रूपमा अगाडि बढाउन गत वर्ष कृषकलाई विभिन्न कृषिजन्य सामग्री, मल बीउ वितरण गरिएको र यस वर्ष आलु पकेट क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ अनुदानमा आलुको बीउ वितरण गरिएको हो । आलु उत्पादनका लागि यो क्षेत्र ठूलो र समथर भूभाग रहेको, बजारीकरणका लागि सहज भएको हुँदा कृषकले आलु लगाएर राम्रो कमाई गर्न सक्ने कृषि शाखाप्रमुख रामहरि पाण्डेयले बताए ।

रामपुर नगरपालिका क्षेत्रमा करीब एक हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको शाखाप्रमुख पाण्डेयले बताए । उपभोक्ताले मन पराउने र उत्पादन राम्रो हुने भएकाले यस क्षेत्रमा जनकदेव, कार्डिनल जातको आलु कृषकले लगाउँदै आएका छन् । (रासस)

वि.सं.२०७६ कात्तिक २६ मंगलवार ११:०८ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...