back
CTIZAN AD

सीमा बचाउ नागरिक अभियान गठन

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

954 

shares

२६ कात्तिक, काठमाण्डौं । पार्टी भन्दा माटो र देश ठूलो हुन्छ भन्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्दै आएका प्रवुद्ध नागरिकहरुले सीमा बचाउने उद्धेश्यसहित ‘सीमा बचाउँ नागरिक अभियान २०७६’ गठन गरेका छन् ।

माक्र्सवादी चिन्तक तथा आर्दश व्यक्तित्व स्वनाम साथी लगायतका अगुवा अभियन्ताद्धारा सोमबार काठमाण्डौंको नेपाल ल क्याम्पसमा आयोजित अन्तरक्रियाबाट स्वनामकै संयोजकत्वमा सो नागरिक अभियान गठन भएको बताइएको छ ।

राष्ट्रको चिन्तक तथा विज्ञ हिरण्यलाल श्रेष्ठको सभापतित्व र समिर सिंहको संचालनमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाल, विज्ञहरु डा. जगत भुसाल, डा. द्धारिकानाथ ढुंगेल तथा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, कमान सिंह लामा, जगतप्रसाद रेग्मी, वरिष्ठ पत्रकार श्याम श्रेष्ठ, नेकपा नेता टंक कार्की, नारायण शर्मा, पूर्वमन्त्री देव वहादुर पौडेल, नेकपाका नेता लोकनारायण सुवेदी, प्रगतिशील लेखक संघका अध्यक्ष प्रा.डा जिबेन्द्रदेव गिरी, संघर्ष दाहाल, विकल्प नेपाली लगायतका वक्ताहरुले चरणवद्ध दवाव कार्यक्रम थालनी गर्नुपर्ने बताएका थिए ।

सो नागरिक अभियानको आयोजनामा २९ गते शुक्रबार रत्नपार्कको शान्ति वाटिकामा विरोध प्रदर्शनका कार्यक्रम हुने बताइएको छ ।

 

 

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १०:५८ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...