back
CTIZAN AD

प्रधानमन्त्रीले आफ्ना सल्लाहकारको राजिनामा माग्नुको कारण यस्तो रहेछ

वि.सं.२०७६ कात्तिक २७ बुधवार

906 

shares

२७ कात्तिक, काठमाण्डौं । यता भारतले हालै जारी गरेको राजनीतिक नक्साका कारण देशै तनावमा थियो । उता प्रधानमन्त्रीले आफ्ना सबै सल्लाहकारहरुसँग राजिनामा मागेको समाचारले झन चर्चा पायो । प्रधानमन्त्रीले यस्तो कदम किन चाले भनेर सबैले मुखामुख गर्न थाले । सल्लाहकार मध्ये कसैले मिडियालाई जवाफ पनि दिए, प्रधानमन्त्रीले गठन गर्न लागेको नयाँ मन्त्रि मण्डलका लागि सहज होस् भनेर राजिनामा दिएको । दुनियालाई लाग्यो आखिर यहि होला भन्ने । तर, सबै सल्लाहकारको राजिनामा एकैपटक मागिनुको कारण अर्कै रहेको बुधबारको जनआस्था साप्ताहिकले खुलाएको छ ।

प्रधानमन्त्री कार्यालबाट निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईँलाई फोन गयो–डाटा किन नदिएको ? ‘मिल्छ र सर ?’ भन्दै उनी पन्छिन खोजिन् । तर, हाकिमले भने, मेरो जागिर जाने भइसक्यो पठाइदिनुस् न !’ प्रम कार्यालयले फोटो सहितको नागरिक एप्स डाटा महिना दिन बित्दा पनि नपाउने तर अन्तअन्तै धुस्नो हुने गरी प्रयोग हुने ।

अहिले प्रधानमन्त्रीले आफ्ना सचिवालयमा भएभरका सल्लाहकासँग राजीनामा माग्नुपर्ने गरी त्यहि डाटा ट्रान्सफर घाँडो भएको छ । एक्सटेन्सो डाटा कम्पनीका मालिक समेत रहेका अस्गर अलीले सरकारी डाटा दुरुपयोग गरेकोमा प्रम आश्चर्यमा परेको बालुवाटार श्रोतले जनाएको छ । उनी प्रमको अवैतनिक सूचना प्रविधि सल्लाहकार हुन् । सरकारी निकायमा सर्वसाधारणको अति गोप्य र संवेदनशील वैयक्तित विवरण हुनु त स्वभाविक भयो । तर, ती विवरण निजी स्वामित्वको एफवान सफ्टको मुख्य सेयर रहेको डाटा सम्बन्धी कामगर्ने एक्सटेन्सो डाटा नामक कम्पनीमा पाइएपछि सनसनी मच्चिएको बताइन्छ ।

एक्टेन्सोमा अस्गरको व्यवसायिक साझेदार एफवान सफ्ट इन्टरनेशनलका विश्वास ढकाल, सुभाष शर्माहरुको बढी मात्रामा शेयर छ । उक्त कम्पनीमा अहिले सम्म अध्यागमन, श्रम, गृह, राष्ट्रिय परिचयपत्र सहितका विवरण अफलाइन कपी भएका भनी प्रमकहाँ उजुरी परेको हो ।

वि.सं.२०७६ कात्तिक २७ बुधवार ०७:५९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...