२७ कार्तिक, झापा । प्रधानमन्त्री केपीशर्मा ओलीको गृहनगर दमकमा २५ तले घभ्यु टावर ’ निर्माण सुरु भएको छ । संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का लगाएर दमक नगरपालिका ३ दापगाछीमा टावर निर्माण अघि बढाएका हो ।
ठेक्का चीनको जेटसीजीआईसी र नेपालको आशिष, ओम साइराम जेभी ललितपुरले संयुक्त रुपमा पाएका छन् ।
०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार ०७८ पुस २७ मा निर्माण सक्नुपर्ने छ । सरकारले उच्च प्राथमिकतामा राखेको यस आयोजनामा संंघीय सरकारले सहरी विकास मन्त्रालयको मात्र लगानी रहने आयोजना कार्यालय झापाका निमित्त प्रमुख विनोद सिंहले बताए । बुधबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ कात्तिक २७ बुधवार ०८:३६ मा प्रकाशित






























