back
CTIZAN AD

यस्तो गाउँ जहाँ काँग्रेसका घर उज्यालो हुन्छ कम्युनिष्टको घरमा अन्धकार

वि.सं.२०७६ कात्तिक २७ बुधवार

693 

shares

२६ कात्तिक, जुम्ला । एकसय ७७ घरधुरी रहेको जुम्लाकोतिला गाउँपालिका ८ जुम्लाकोटमा बिजुली छ । तर, कांग्रेसका घर झिलिमिली हुँदा कम्युनिष्टका घरमा पिलपिले टुकी मात्रै बल्छन् । ०७३ अघिका पाँचवर्षको अवस्था ठीक उल्टो थियो । कम्युनिष्टका घर झिलिमिली हुन्थे कांग्रेसका घर अन्धकार ।
जुम्लाकोटमा शसस्त्र द्धन्द्धकालमा समेत नदेखिएको वैचारिक मतभेद ०६७ पछि ‘बिजुली राजनीति’ सँगै सुरु भएको बुधबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।
तत्कालिन माओवादी पक्षको सक्रियतामा सरकारी बजेटमा जुम्लाकोट साना जलविद्युत् आयोजना निर्माण भएको थियो । २७ लाख लागतमा निर्माण भई ०६७ साउनदेखि संचालनमा आएको २५ किलोवाटको बिजुली कम्युनिष्ट –कांग्रेस सबैले बाले । दुईवर्ष सम्म सबै घर झिलिमिली भए ।
तर, ०६७ मै कांग्रेसका स्थानीय नेता प्रेम बस्नेत माओवादीमा प्रवेशसँगै सुरु भएको तिक्तता ०६९ सम्म पुग्दा बिजुली नबाल्ने निर्णयमा पुग्यो । माओवादी पक्षको सक्रियतामा वहिस्कार गर्यो ।
त्यसको दुईवर्षपछि ०७१ मा सुशील कोइारलाको नेतृत्वको सरकारसँगै लबिङ गरेर कांग्रेस पक्षधरले अर्को जलबिद्युत् आयोजना सञ्चालनमा बजेट पारे । ३० लाख बजेटमा पातालामा नौ किलोवाट बिद्युत् उत्पादन भयो । ०७३ देखि कांग्रेस पक्षधर सबै ४० घरमा पुन ः विजुली बल्न थाल्यो । कांग्रेका घरमा विजुली बल्न थालेको एकवर्ष नवित्दै फेरि कम्युनिष्टको घर अन्धकार हुन थाल्यो । कारण थियो, जुम्लाकोट जलविद्युत् आयोजना विग्रनु ।

वि.सं.२०७६ कात्तिक २७ बुधवार ०८:५० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...