back
CTIZAN AD

आगलागीबाट बालिका बेहोस, २ घरमा क्षति

वि.सं.२०७६ कात्तिक २७ बुधवार

705 

shares

२७ कार्तिक, सप्तरी । सप्तरीको छुट्टाछुटै स्थानमा मङ्गलबार भएको आगलागीबाट दुई घरमा क्षति भएको छ । जिल्लाको रुपनी गाउँपालिका–३ मा आगलागी हुँदा करीब रु दुई लाख मूल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

स्थानीयवासी विनोदकुमार मण्डलको एकतले टिनको छानो भएको फुसको घरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा उक्त घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । सो आगलागीमा घरभित्र रहेका लताकपडा, अन्नपात, भाडावर्तन, नगद जिन्सीसहित एक थान मोबाइल गरी करीब रु दुई लाख मूल्य बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका सीताराम यादवको एकतले फुसको घर जलेर नष्ट भएको छ । भान्साघरमा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्किँदा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट फुसको घर आंशिकरूपमा जलेर नष्ट भएको र सो घरभित्र रहेको लत्ताकपडा, अन्नपात गरी करीब रु ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागी भएको ठाउँमा सो आगो देखिरहेकी सीताराम यादवका १५ वर्षीया छोरी सङ्गीताकुमारी यादव बेहोस भएकी छन् । बेहोस भएकी उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

वि.सं.२०७६ कात्तिक २७ बुधवार ०९:०३ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...