back
CTIZAN AD

हेर्नुहोस् को-को छन् त ईट्टाभट्टा नरसंहारका आरोपि आलमको पक्षमा बहस गर्ने ३३ वकिलहरु?

वि.सं.२०७६ कात्तिक २७ बुधवार

1K 

shares

२७ कात्तिक, काठमाण्डौं । बम विष्फोटका घाईतेलाई जिउँदै इट्टा भट्टामा हालेर मारेको आरोप लागेका नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा सांसद आफ ताव आलमको पक्षमा बहस गर्ने वकिलहरुको संख्या ३३ रहेको छ ।

रौतहट जिल्ला अदालतमा आलम माथिको थुनछेकको बहस चलिरहेका बेला उनको पक्षमा ३३ वकिलले बहस गरिरहेका छन् । जसमा वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठ पनि छन् । श्रेष्ठले आलमको पक्षमा बहस गर्नुलाई व्यासायिकता बताएका छन् । उनले नयाँपत्रिका दैनिकसँग कुरा गर्दै यसलाई सामाजिक प्रतिष्ठासँग नजोड्न भन्दै हरेक विषयलाई राजनीतिकसँग जोड्न नहुने बताउदै व्यवसायिक रुपमा बुझ्न आग्रह गरेका छन् ।

त्यस्तै तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्की  प्रकरणपछि चर्चामा आएका अधिवक्ता ओम प्रकाश अर्यालले पीडितको पक्षमा बहस गरिरहेका छन् । उनले आलमले सिलसिलेवर अपराध गरेको र उनलाई संरक्षण गर्न खोज्नु सामाजिक मर्यादाको मात्र नभएर कानुनको पनि उल्लंघन रहेको बताएका छन् ।

यी हुन् आलमको पक्षमा वकालतनामा भरेका वरिष्ठ अधिवक्ताहरु प्रेम बहादुर खड्का, शम्भु थापा, रमण कुमार श्रेष्ठ, सुनील पोखरेल र योगेन्द्र अधिकारी रहेका छन् । त्यस्तै, अधिवक्ताहरुमा अनिरुद्द महतो, अनोज कुमार यादव, रामनाथ कुसहवा, आफ्ताव आलम, मो. सफी अहमद, किशोर राउत, रामबहादुर दास, सवुरीलाल ठाकुर, धीरन्द्र तिवारी, जगदीश राय यादव, हरिशंकर प्रसाद, सोनेलाल पटेल, रामईश्वर प्रसाद, राम बिनोद पटेल, नन्दकिसोर साह, राजाराम राय यादव, भाग्य नारायण झा, हेमचन्द्रलाल कर्ण, मोहम्मद मजरुल हक, शेख मैनुद्दिन, अनन्त अधिकारी, रामदरेश प्रसाद, रामविनोद कुमार गिरी र सञ्जीवकुमार मलिक रहेका छन् ।

त्यस्तै पीडितका पक्षमा बहस गर्नेहरुमा वरिष्ठ अधिवक्ता युवराज संग्रौला, दिनेश त्रिपाठी, गोविन्द शर्मा बन्दी रहेका छन् भने अधिवक्ताहरुमा ओम प्रकाश अर्याल, पुष्पराज पौडेल, आंशिकाराम कार्की, राजकुमार महासेठ, अम्मर बहादुर राउत र कुमार शर्मा रहेका छन् ।

वि.सं.२०७६ कात्तिक २७ बुधवार ०९:२० मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...