back
CTIZAN AD

बूढानीलकण्ठ वेद विद्याश्रमका लागि रु १३ लाख सङ्कलन

वि.सं.२०७६ कात्तिक २७ बुधवार

798 

shares

२७ कात्तिक, काठमाडौँ । बूढानीलकण्ठमा सञ्चालित वेद विद्याश्रमको सहयोगका लागि आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट रु १३ लाख सङ्कलन भएको छ ।

हरिबोधिनी एकादशीको अवसर पारेर कात्तिक २० गतेदेखि २६ गतेसम्म आयोजना गरिएको महायज्ञबाट सङ्कलित रकम प्राचीनकालदेखि चलिआएको गुरुकूल चलाउन खर्च गरिने आयोजक समितिका अध्यक्ष कल्पना मल्ल ठकुरीले बताए ।

कार्यक्रम समापन समारोहमा सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपाल धर्म निरपेक्ष राष्ट्र भए पनि वैदिक सनातन धर्मको संरक्षण गरिने विषय संविधानमै उल्लेख गरी धर्म परिवर्तनलाई निषेध गरिएको बताए ।

महायज्ञका मूलकर्ता एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले वैदिक सनातन धर्मको रक्षाका लागि गुरुकुल प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बूढानीलकण्ठ नारायणस्थान मठका स्वामी निगमानन्द, महायज्ञका पण्डित कपिलदेव सुवेदी, गुरुकुलका प्राचार्य प्रकाश रुपाखेती लगायतले गुरुकुलीय शिक्षा पद्दति लोप हुनबाट बचाउन समुदायको भूमिका महत्वपूर्ण हुने विचार राखे ।
प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म बूढानीलकण्ठमा भक्तजनको विशेष भीड लाग्छ । यस अवसरमा नारायण स्थानमा मेलासमेत आयोजना गरिएको थियो । कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म अर्थात् कात्तिक २२ गतेदेखि २६ गतेसम्म चलेको मेलामा लाखौँ भक्तजनको सहभागिता थियो ।

बूढानीलकण्ठ विश्वमै ठूलो ढुङ्गामा कँुदिएको प्राचीन मूर्ति हो । जलभित्र शयन गरेका हरि र हर अर्थात् विष्णु र शिव दुवैको मूर्ति रहेकाले यसलाई अद्वितीय मानिन्छ । यसैकारण विश्वभर छरिएर रहेका वैदिक सनातन हिन्दू धर्मावलम्बीले एकपटक पशुपतिनासँगै बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्ने इच्छा राख्छन् ।

सरकारले दुई महिनापछि नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । त्यस अवसरमा बूढानीलकण्ठ नारायणस्थानको पनि विशेष प्रचारप्रसार गरी धार्मिक पर्यटक भित्राउन सकिने पर्यटन व्यवसायी रामचन्द्र भण्डारीले बताए । (रासस)

वि.सं.२०७६ कात्तिक २७ बुधवार १३:४१ मा प्रकाशित

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...