back
CTIZAN AD

राप्रपाका अध्यक्ष थापाद्धारा स्थानीय निकायको चुनावको मिति घोषणा गर्न सरकारसँग माग

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

1K 

shares

 kamalthapa1

१७ मङ्सिर,हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापाले संविधान कार्यान्वयन चुनौतीको बीचमा रहेको अवस्थामा देशमा चुनाव गर्नुपर्ने आवश्यकता रहेकाले स्थानीय निकायको चुनावको मिति घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ ।

अध्यक्ष थापाले बिहीबार हेटौँडामा आयोजित राप्रपाको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उक्त कुरा बोल्नुभएको हो ।

सो अवसरमा उहाँले प्रमुख दलले विगत दुई दशकको समयमा सत्ता स्वार्थका लागि विदेशी सहयोग लिने आत्मसमर्पणवादी व्यवहारले देशलाई कमजोर र भ्रष्टाचारको अखडा बनाएको आरोप लगाउनुहँुदै देशको वर्तमान परिस्थितिले जनताको भविष्यप्रति चिन्तित बनाएको बताउनुभयो ।

उहाँले विदेशी प्रभावबाट मुक्त गर्न, देशलाई अग्रगति दिन अनुभवी, इमान्दार र सक्षम नेतृत्व दिनुपर्ने समयको आवश्यकतालाई विचार गरी भएको एकीकरणबाट राप्रपालाई वैकल्पिक राष्ट्रवादी शक्ति बनाउने उद्घोष पनि गर्नुभयो ।

सो अवसरमा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर जबराले काँग्रेस र वामपन्थीले प्रजातन्त्र र अग्रगामीको नाममा देशलाई अवनतितर्फ लगेको हँुदा देशलाई सक्षम नेतृत्वबाट अगाडि बढाउन पार्टी एकीकरण गरेको बताउनुभयो ।

सोही अवसरमा राप्रपाका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले राप्रपामा देशलाई हाँक्न सक्ने योग्य, इमान्दार, सक्षम नेताले विगतमा देशहितमा गरेको राम्रा कामले देखाएको हुँदा अब राप्रपाले मात्र देशको सही नेतृत्व गर्न सक्छ भन्नुहँुदै राष्ट्रवादी तथा विकासवादी शक्तिका रुपमा अगाडि लाने बताउनुभयो ।

उक्त कार्यक्रममा राप्रपाका महामन्त्री बुद्धिमान तामाङ र केन्द्रीय सदस्य तथा भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले मुलुकमा बढ्दै गएको विदेशी शक्तिको प्रभावलाई रोक्न र मुलुकको संविधान र प्रजातन्त्रलाई सुदृढीकरण गर्न दुवै पार्टी एकीकृत गरिएको बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०५:३२ मा प्रकाशित

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...