back
CTIZAN AD

“उत्पादनशील क्षेत्रमा बैंकले लगानी गर्न सकेन”

वि.सं.२०७६ कात्तिक २७ बुधवार

873 

shares

२७ कार्तिक,  खस्यौली रुपन्देहीको सैनामैनामा रहेका उद्योगी तथा व्यवसायीले उत्पादनशील क्षेत्रमा बैंकले लगानी गर्न नसकेको बताएका छन् । आज सैनामैनामा उद्योग वाणिज्य सङ्घको पाँचौँ साधरणसभामा उनीहरुले बैंकको चर्को र अस्थिर ब्याजदरका कारण उद्योगी तथा व्यवसायी धरासायी हुने अवस्थामा पुगेको बताए ।

सो अवसरमा प्रदेश नं ५ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले सैनामैनामा रहेको अव्यवस्थित बसोबासले केही समस्या भएको उल्लेख गर्दै एकीकृत जग्गा प्रणालीमा गएर आधुनिक बस्ती बसाल्न आग्रह गरे ।

उनले सैनामैना बुद्धकालीन सभ्यतासँग जोडिएको नगर भएकाले तिब्बतसँग जोडिएको प्रमुख नाकाका रूपमा उद्योगी, व्यवसायीको उत्पादनलाई प्रतिस्पर्धी बनाउन आवश्यक भएको बताए ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले सहकारीसँग भएको पूँजीलाई उद्योगधन्दामा परिचालन गर्न आवश्यक भएकामा जोड दिँदै यस क्षेत्रको विकासका लागि लगानी गर्न आग्रह गरे ।

सैनामैना उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजबहादुर क्षेत्रीले औद्यगिक क्षेत्र बनाउन नगरपालिकासँग समन्वय गर्दै सैनामैनालाई उद्योग, वाणिज्य र कृषि केन्द्रको रूपमा स्थापित गरिने बताए ।

दुई पत्रकार सम्मानित
कार्यक्रममा रेडियो सैनामैनाका समाचार प्रमुख ललित पाण्डेय र रेडियो मलमलाका समाचार प्रमुख विष्णु खत्रीलाई पत्रकारितामा योगदान गरेको भन्दै सम्मानित गरिएको छ ।
उद्योग वाणिज्य सङ्घ सैनामैनाले स्थापना गरेको रु. ५० हजार रकमको पत्रकारिता अक्षयकोषबाट उनीहरुलाई सम्मान गरिएको हो । कृषि, उद्योग, पर्यटन र वन क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै मन्त्री गिरीले पत्रकारद्वय पाण्डे र खत्रीलाई सम्मान गरेका थिए । (रासस)

वि.सं.२०७६ कात्तिक २७ बुधवार १६:११ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...