back
CTIZAN AD

युनेस्को महासभामा शिक्षामन्त्री पोखरेलको प्रतिनिधित्व

वि.सं.२०७६ कात्तिक २७ बुधवार

888 

shares

२७ कात्तिक, काठमाडौँ । फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को ४० औँ महासभामा नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधित्व रहेका छन् ।

(युनेस्को) को मुख्यालयमा जारी सो महासभामा उनले राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यको लक्ष्य नं ४ अन्तर्गत शिक्षा क्षेत्रमा भएका प्रगति, उच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । मन्त्री पोखरेलले नेपालमा युनेस्कोको सहयोग र त्यसको निरन्तरताका विषयमा समेत छलफल गर्ने उनको सचिवालयले जनाएको छ । महासभामा सहभागी मुलुकका शिक्षा हेर्ने मन्त्रीको बैठकमा समेत भाग लिनेछन् मन्त्री पोखरेलले महासभालाई यही नोभेम्बर १६ तारिखका दिन सम्बोधन गर्ने कार्यक्रम छ ।

विश्वका १९३ मुलुकका प्रतिनिधि सहभागी महासभामा शिक्षा सचिव महेशप्रसाद दाहाल, युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि (राजदूत) दीपक अधिकारी, युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयका सहायक महासचिव डा बाबुराम अधिकारी, आयोगको सचिवालयका सचिव खगराज पौडेल, नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेललगायत आठ सदस्य सहभागी छन् । ‘अ ग्लोबल ल्याबेरोटरी अफ आइडियाज टु म्याप फ्युचर मल्टिल्याटरल कोअपरेसन’ को मुख्य विषयमा जारी महासभा यही नोभेम्बर १२ देखि २७ तारिखसम्म चल्नेछ ।

वि.सं.२०७६ कात्तिक २७ बुधवार १६:११ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...