back
CTIZAN AD

संविधान संशोधनको प्रस्ताव फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

870 

shares

१७ मङ्सिर,काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव अविलम्ब फिर्ता लिन माग गर्दै आज देशभरका सरकारी क्याम्पस अगाडि धर्ना दिएको छ ।

सो प्रस्ताव देश र जनताको पक्षमा नरहेकाले त्यसलाई फिर्ता लिन सरकारलाई दबाब दिने उद्देश्यले अनेरास्ववियुले क्याम्पस क्षेत्र वरपरका सडकमा चक्काजाम, विरोध प्रदर्शन तथा सभासमेत गरेको हो ।

अनेरास्ववियुका सचिव आरसी लामिछानेले सो प्रस्तावले पहाड र तराईका जनताबीचको एकतालाई फुटाउने हुँदा त्यस्तो राष्ट्रघाती गतिविधिको विरुद्ध सबै नागरिकलाई एकताबद्ध गरी अगाडि बढ्ने बताउनुभयो ।

उहाँका अनुसार संविधान संशोधनको प्रस्तावविरुद्ध रहेका अन्य विद्यार्थी सङ्गठनको आज दिउँसो बैठक बस्दैछ । लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा प्रहरी र विद्यार्थीका बीच सामान्य झडप भएको लामिछानेले बताउनुभयो ।

सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न सीमाङ्कन, नागरिकता, राष्ट्रियसभामा समावेशी प्रतिनिधित्व र भाषाको विषयलाई संशोधन गर्न प्रस्ताव दर्ता गराएपछि नेकपा (एमाले) निकट अनेरास्वविय, युवा सङ्घलगायत सङ्गठन आन्दोलनमा छन् ।

संविधानअनुसार प्रस्तावित प्रदेश नं ५ का स्थानीय राजनीतिक दल तथा जनताले समेत सो क्षेत्रलाई नटुक्र्याउन माग गरेर विरोध गर्दै आएका छन् । सरकारले त्यस क्षेत्रमा रहेका पहाडी जिल्लालाई प्रदेश नं ४ मा समायोजन गर्ने प्रस्ताव गरेको थियो । रासस

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०६:२० मा प्रकाशित

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि औपचारिक रूपमा सुरु...

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

काठमाडौं । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण (पेन्सन) वा...

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी विभिन्न वस्तु तथा...

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

काठमाडौं । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच सिंहदरबारमा आज...

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) नागरिकता वा एनआरएन परिचयपत्र...