१ मंसिर, काठमाण्डौं । यदि तपाई पनि मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने ख्याल गर्नुहोस् कारबाहीमा पर्नुहोला ।
महानगरीय ट्राफिक महाशाखाले लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गर्ने, हटाउने तथा स्वरुप परिवर्तन गर्ने चालकलाई कारबाही गर्ने अभियान आइतबारदेखि सुरु गरेको छ ।
महाशाखाका अनुसार चालकले लुकिङ ग्लास परिवर्तन तथा तोडमोड गरेर चलाउदा चालकले पछाडिको गाडी नदेख्दा दुर्घटनामा परेको भन्दै शनिबारदेखि उक्त अभियानको थालनी गरेको हो । महाशाखाले ग्लास फोल्ड गर्ने, नराख्ने तथा नदेखिने गरी राख्ने ३४५ चालकलाई कारबाही गरेको जनाएको छ ।
उनीहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही हुने पनि महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले जानकारी दिएका छन् ।
वि.सं.२०७६ मंसिर १ आइतवार १७:०६ मा प्रकाशित






























