२ कार्तिक, ललितपुर । गोदावरी – ३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ – ‘ भ्रुणको आवाज’ नामजस्तै यो गैरसरकारी संस्थाले बलत्कारलगायत घटनाबाट इच्छाविपरीत गर्भवती महिलालाई आश्रय दिन्छ , प्रसुतिमा रेखदेख गर्छ । त्यसपछि शिशु आफूले राखेर महिलालाई फिर्ता पठाइदिन्छ ।
तर, ती शिशु बढ्ने क्रमसँगै त्याहाँबाट गायब हुन्छन् । कहाँ लगिइन्छन् त ती ? हराएका तिनै नौ बालबालिकाबारे सरकारले तीन महिनादेखि अनुसन्धान गरिरहेको छ ।
यसबारे सम्बन्धित महिलाको आफन्तले उजुरी गरेका थिए । रकममा किनबेच गरेको सिकायतपछि गृह मन्त्रालयले छानबिन गराएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल नेतृत्वमा खटेको प्रहरीसहितको टोलीले कात्तिक २० गते प्रतिवेदन बुझाएको थियो ।
त्यसलाई गृहमन्त्रालयमा पठाइएको जिल्ला प्रशासनले जनाएको छ । सोमबारको अन्नपूर्ण पोस्ट्बाट
वि.सं.२०७६ मंसिर २ सोमवार ०८:१० मा प्रकाशित






























