२ मसिंर, काठमाडौँ । सैनिक मुख्यालयले विगत ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय १५ जना सैनिकमाथि विभागीय कारबाही गरेको छ ।
नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरीत काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म २ हजार ७ सय १५ जना सैनिकमाथि कारबाही गरेको हो ।
सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरणविपरीत काम गर्ने , कर्तव्य ज्यान मुद्दामा मुछिएका , जबर्जस्ती करणी, चोरी, ठगी, लागूऔषध कारोबारमा मुछिएका, हातहतियार तथा खरखजनामा मुछिएकासम्मलाई सैनिक मुख्यालयले कारबाही गरेको हो ।
कारबाहीमा पर्नेमा सवारी दुर्घटनादेखि आर्थिक अनियमिततामा मुछिएका सैनिकसमेत छन् । सोमबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ मंसिर २ सोमवार ०८:२० मा प्रकाशित






























