back
CTIZAN AD

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण : पुरानै आरोपिमाथि फेरि अनुसन्धान

वि.सं.२०७६ मंसिर ३ मंगलवार

609 

shares

३ मंसिर, कन्चनपुर । डिएनए परीक्षणमै त्रुटी भएको ठहर भएपछि कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले पुरानै शसंकित व्यक्तिमाथि पुन : छानविन थालेको छ ।

परिस्थिति जन्य र अन्य प्रमाणलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको हो । हालसम्मको अनुसन्धानमा दिलीप सिंह विष्ट अपराधको सबैभन्दा नजिक छन् । उनलाई प्रहरीले गतवर्ष नै डिएनए नमिलेपछि छाडेको थियो । उनीलगायत पहिला पक्राउ गरेर सोधपुछ गरिएका व्यक्तिहरुमाथि नै प्रहरीले फेरि सुक्ष्म अनुसन्धान थालेको छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुख समेत रहेका डिएनए विशेषज्ञ जीवन रिजालको नेतृत्वको छानविन समितिले डिएनएको नमुना परीक्षणमै त्रुटी भएकाले सो घटनामा डिएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्षसहित गत ५ कात्तिकमा गृहमन्त्रालयलाई प्रतिवेदन दिइसकेको छ । जसकारण प्रहरीले पहिला पक्राउ गरेर सोधपुछ गरेका व्यक्तिहरुमध्ये नै घटनाका अभियुक्त हुन सक्ने प्रहरी अधिकारीले बताएको मंगलबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

यसै घटनालाई पुन : अनुसन्धान गर्न भन्दै निर्मलाकी आमा दुर्गादेवीले कन्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील कुमार बैद्यलाई भेटेर छोरीको हत्यामा शंकास्पदमाथि पुन : अनुसन्धान गर्न माग गरेकी छन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा उनले आफ्नो किटानी जाहेरी दिँदासमेत दिलीप सिंह विष्टमाथि अनुसन्धान नै नभएको दुःखेसो पोखेकी थिइन् ।

वि.सं.२०७६ मंसिर ३ मंगलवार ०७:३८ मा प्रकाशित

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, जारी खोजी तथा...

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...