back
CTIZAN AD

फिनल्याण्डका परराष्ट्रमन्त्रीलाई सगरमाथा संवादको निम्तो

वि.सं.२०७६ मंसिर ३ मंगलवार

846 

shares

३,मसिंर, काठमाडौँ । युरोप भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र फिनल्यान्डका परराष्ट्रमन्त्री पेक्का हाभिस्तोबीच फिनल्यान्डमा भेटवार्ता भएको छ ।

मन्त्री पोखरेलले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट यहाँ आयोजना हुने सगरमाथा संवाद २०२० का लागि फिनल्याण्डका मन्त्रीलाई निमन्त्रणा हस्तान्तरण गरे । सो अवसरमा दुवै मन्त्रीबीच शिक्षा क्षेत्रमा नेपाललाई नमूनायोग्य बनाउनका लागि सहकार्य गर्ने विषयमा छलफल भएको भेटमा सहभागी मन्त्री पोखरेलका निजी सचिव विनोद न्यौपानेले जानकारी दिए ।

सो अवसरमा नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती अन्टिएन, मन्त्रालयका उपसचिव धु्रवराज रेग्मी, तामाङ सोसाइटीका अध्यक्ष टासी तामाङलगायत सहभागी छन् । मन्त्री पोखरेल फ्रान्सको पेरिसमा भएको युनेस्कोको ४०औँ महासभा बैठकमा भाग लिई फिनल्याण्ड भ्रमणमा निस्केका हुन् ।

वि.सं.२०७६ मंसिर ३ मंगलवार ०८:१५ मा प्रकाशित

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...