back
CTIZAN AD

नेपाली भूभाग कुनै पनि हालतमा नछोडिने – महामन्त्री कोइराला

वि.सं.२०७६ मंसिर ४ बुधवार

858 

shares

४ कार्तिक, विराटनगर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताएका छन ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाउनुभएकामा नेपाली काँगे्रसको पनि समर्थन छ भने ।
महामन्त्री कोइरालाले नेपाल विद्यार्थी सङ्घमा अब हुने अधिवेशनपछि मात्र उमेरको हद लागू हुने विधानमा उल्लेख छ भन्दै नेपाली काँग्रेस पार्टी एक भएर अघि बढ्नुपर्ने समय आएको छ भने ।
उनले मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक) नेपाली काँगे्रसमा एकीकृत भएपछि फोरम लोकतान्त्रिकबाट केन्द्रीय सदस्यका लागि सिफारिस भएको ११ जनाको विषयमा पार्टीले अध्ययन गरिरहेको बताए । काँग्रेसको आउने महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने कुरामा आफूले अहिले नै निश्चय नगरेको बताँउदै महामन्त्री कोइरालाले रौतहटका नेपाली काँग्रेस नेता अफताव आलमको विषयमा मुद्दा न्यायालयमा गएकोले केही बोल्नु उपयुक्त नहुने धारणा राखे ।
उनले मुलुकको विभिन्न स्थानमा भइरहेको उपनिर्वाचनमा नेपाली काँग्रेसको समर्थन बढिरहेको बताए । (रासस)

वि.सं.२०७६ मंसिर ४ बुधवार १४:२१ मा प्रकाशित

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...