back
CTIZAN AD

जनतालाई अधिकार सम्पन्न बनाउन राज्य बलियो हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

वि.सं.२०७६ मंसिर ४ बुधवार

903 

shares

४ कार्तिक, काठमाण्डौं । प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि राज्य बलियो हुनुपर्ने बताएका छन् ।
प्रदेश नं– ५ को एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा पहिलो पटक पुग्नुभएका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार सधैँ नागरिकको हकहितको पक्षमा रहेको छ भने । मौलिक कला, परम्परा र संस्कृतिले भरिएको रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकास्थित तकसेरामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेशलाई सम्पन्न बनाउनको लागि प्रदेश सरकारले व्यवस्थित योजना बनाएर अगाडि बढिरहेको जानकारी गराए ।

प्रदेश सरकारले पनि कृषिलाई नै पहिलो प्राथमिकता दिएर अगाडि बढिरहेको बेलामा रुकुम पूर्वको उत्पादनले बजार नपाएको खण्डमा बजारसम्म पु¥याउन अनुदानकोे लागि प्रदेश सरकार तयार रहेको उनको भनाइ छ ।
सङ्घीयता कार्यान्वयनपछिको ७७औँ जिल्लाकोरुपमा रहेको रुकुम पूर्वको जिल्ला सदरमुकामको टुङ्गो लागि नसकेको अवस्थामा उनले यस विषयमा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतले जे पैmसला गर्छ त्यो जनताले स्वीकार्नुपर्ने धारणा राखे ।
उत्तरगङ्गा नदी डाईभर्सनको बारेमा पनि बोल्दै उनले रुक्मेली जनताको सहमतिबिना उक्त आयोजनाको काम अगाडि बढ्न नसक्ने बताए । उत्तरगङ्गा डाईभर्सनको कुरा छलफलमै भएको हुँदा रुकुम पूर्वको हितलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने उनको भनाइ छ । यसै क्रममा उनले पुथाउत्तरगङ्गा गाउँपालिकाको तकसेरामा निर्माण गरिएको सभाहलकोसमेत उद्घाटन गरे । (रासस)

वि.सं.२०७६ मंसिर ४ बुधवार १५:४१ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...