back
CTIZAN AD

लोकतन्त्रको रक्षाका लागि नेता रानाभाटको जोड

वि.सं.२०७६ मंसिर ४ बुधवार

801 

shares

४ कार्तिक, पोखरा । नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले अधिनायकवादीशक्ति हाबी हुँदा मुलुक र लोकतन्त्र खतरामा परेको बताएका छन ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पोखरा महानगरपालिका–८ मा घरदैलोमा सहभागी बन्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि पनि काँग्रेसले चुनाव जित्नुपर्ने बताए ।
वर्तमान सरकार गठन भएयता जनता त्रासै त्रासमा बाँच्न बाध्य भएको धारणा राख्दै उनले त्रसित जनतामा शान्ति ल्याउन पनि यो उपनिर्वाचन काँग्रेसका पक्षमा हुनुपर्ने जिकिर गरे ।

नेपालको सीमा मिचिएर जनता सडकमा आउँदासमेत सरकार कानमा तेल हालेर बसेको उनले बताए । काँग्रेस पार्टीप्रति जनताको विश्वास पनि बढेको र निर्वाचनमा जित्ने पर्याप्त आधार देखिएको उल्लेख गर्दै रानाभाटले विगतका कमिकमजोरी सच्याएर पार्टी अघि बढ्नुपर्ने धारणा राखे । (रासस)

वि.सं.२०७६ मंसिर ४ बुधवार १५:१३ मा प्रकाशित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...