४ मङ्सिर, काठमाडौँ । आज बुधबार सुनको भाउ सयले बढेको छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलाको ७२ हजार रुपैँयामा कारोबार भएकोमा आज तोलाको १ सय रुपैयाँले बढेर ७२ हजार १ सय पुगेको छ ।
त्यसैगरी आज तेजावी सुनको भाउ पनि तोलामा १ सयले बढेर ७१ हजार ८ सय मूल्यमा कारोबार भइरहेको छ ।
बजारमा सुनको मूल्य बढेसँगै चाँदीको मुल्य पनि बढेको छ । तोलाको ५ रुपैयाँले बढेर प्रतितोला ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वि.सं.२०७६ मंसिर ४ बुधवार १५:१२ मा प्रकाशित






























