back
CTIZAN AD

आजको सेयर बजार दोहोरो अङ्कले ओरालो तर्फ, कसले कति गुमाए त ?

वि.सं.२०७६ मंसिर ८ आइतवार

855 

shares

८ मङ्सिर, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.५४ विन्दुले घटेर एक हजार ११०.०८ विन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक २।०३ विन्दुले घटेर २४४.८६ विन्दुमा पुगेको छ । नेप्से घटेपनि कारोबार रकम भने औसतमा सीमित भयो । कूल १६२ कम्पनीको नौ लाख २९ हजार ७४४ कित्त शेयर रु २८ करोड पाँच लाख ३४ हजार ४१५ मूल्यमा खरीद बिक्री भए ।

नेप्सेका अनुसारका कारोबार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ १०.४७, व्यापार ३९.८६, होटल १०.८३, विकास बैंक १०.३९, जलविद्युत् ७.६, वित्त ५.४१, निर्जीवन बीमा ५७.१५, उत्पादन २०.५१, अन्य ४.६६, लघुवित्त ६.३४, जीवन बीमा ४८.०८ र सामूहिक लगानी कोष ०.०९ विन्दुले घटेको छ ।

नेप्सेका अनुसार एनएमबी बैंकको कारोबार शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ११ लाख ५९ हजार ४०० बराबरको शेयर कारोबार भयो । नेपाल बैंक लिमिटेड रु एक करोड ३७ लाख ८३ हजार ९१६, साना किसान विकास बैंक रु एक करोड २० लाख, स्ट्यान्र्डड चार्टड बैंक रु एक करोड ७८ हजार ९११ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नेशनल हाइड्रोपावर चार, अपि पावर ३.८८, लक्षमी लघुवित्त वित्तीय संस्था ३.०७ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले २.५८ प्रतिशतले कमाउँदा साल्ट टे«डिङ कर्पोरेशन ९।९०, गुर्खाज फाइनान्स ५.४०, पु्रडेन्डियल इन्स्योरेन्स ५.२६, गुरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.८२ प्रतिशतले गुमाए । (रासस)

वि.सं.२०७६ मंसिर ८ आइतवार १६:३९ मा प्रकाशित

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

काठमाडौँ । मंगलवार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S...