ओमान । ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले ओमानका पर्यटनमन्त्री अहमद बिन नासेर मेहार्जीलाई भेटेर नेपाल भ्रमणवर्ष २०२० को समुद्घाटनको निम्तो दिएकी छन् ।
मंसिर ५ गते ओमानका पर्यटनमन्त्री मेहार्जीलाई उनको कार्यालयमा भेटी नेपालमा आयोजना हुन गइरहेको नेपाल भ्रमण वर्ष २०२० को बृहद् समुद्घाटन कार्यक्रममा उपस्थित हुनका लागि पर्यटनमन्त्री योगेश भट्टराईद्धारा पठाइएको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी हुन् ।
उक्त अवसरमा मन्त्री मेहार्जी र राजदूत ढकालबीच नेपाल र ओमानबीच पर्यटन सम्बन्धी द्धिपक्षीय सम्झौतालाई पनि उक्त अवसरमा हस्ताक्षर गर्ने गरी तयारी अगाडि बढाउने सम्बन्धमा छलफल गरिएको थियो ।
राजदूत ढकालले नेपालले आगामी वर्ष मनाउन गइरहेको नेपाल भ्रमण वर्ष २०२० को पृष्ठभूमी तथा तयारी बारे मन्त्री मेहार्जीलाई जानकारी गराएकी थिइन् । मन्त्री मेहार्जीले आफू नेपाल जान इच्छुक रहेको र उक्त कार्यक्रममा सम्भव भएसम्म उपस्थित हुने प्रतिबद्धता जाहेर समेत गरेका थिए ।
वि.सं.२०७६ मंसिर ८ आइतवार १६:४३ मा प्रकाशित






























