back
CTIZAN AD

मानवाधिकारकर्मी द्वारा दण्डहीनता अन्त्यका लागि गरिएका प्रतिबद्धता कार्यान्वयन हुनुुपर्नेमा जोड

वि.सं.२०७६ मंसिर ८ आइतवार

1K 

shares

८ मङ्सिर, काठमाडौ । मानवाधिकारकर्मी तथा न्याय क्षेत्रका जानकारहरुले दण्डहीनता अन्त्यका लागि राज्यका तर्फबाट गरिएका प्रतिबद्धता कार्यान्वयन हुनुपर्नेमा दिएका छन् । फ्रिडम फोरमले आज यहाँ आयोजना गरेको ‘पत्रकार सुरक्षा र दण्डहीनता’ विषयक कार्यक्रममा उनीहरुले पत्रकारिता मात्र होइन अन्य क्षेत्रमा पनि न्याय नपाउने तथा पाए पनि ढिला पाउने अवस्थाले लोकतान्त्रिक प्रक्रिया नै कमजोर हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दण्डहीनता अन्त्यका लागि पत्रकार र मानवाधिकारकर्मी मिलेर संयुक्त अभियानको थालनी गर्नुपर्ने बेला आएको बताए । राज्यद्वारा गरिएका प्रतिबद्धता कार्यान्वयन नहुने कारणले पनि दण्डहीनता बढ्ने भन्दै उनले संविधानले व्यवस्था गरेको लोकतान्त्रिक पद्धति व्यवहारमा कार्यान्वयन गर्न सकेमात्र जनतालाई वास्तविक अधिकार प्रदान हुने बताए ।
नेपालको संविधानमा भएका मौलिक अधिकार कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने उल्लेख गर्दै अध्यक्ष शर्माले कुनै पनि कानून निर्माण गर्दा सरोेकारवाला पक्षसँग आवश्यक परामर्श र छलफल गर्नु आवश्यक रहेकामा जोड दिए ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको विकासमा पत्रकारले सूचना प्रवाहमार्फत महत्वपूर्ण योगदान गरेको बताउँदै राज्यले सञ्चारजगत्लाई आवश्यक सेवासुविधा दिनुपर्नेमा जोड दिइन् । नेपाल जस्ता तेस्रो विश्वका मुलुकमा पत्रकारले समाचार लेखेकै आधारमा जीवन जोखिममा पर्ने गरेको उल्लेख गर्दै उनले नागरिकको स्वतन्त्रता हनन गर्ने र स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्न खोज्नेले आफ्ना दिन पनि सधैँ रहँदैनन् भन्ने हेक्का राख्नुपर्ने बताइन् ।

वरिष्ठ पत्रकार हरिहर विरहीले सञ्चारजगत् नै भयभित भएको अवस्थामा अन्य क्षेत्रको अवस्था के होला भनी प्रश्न गरे । उनले दण्डहीनता अन्त्यका लागि सञ्चार क्षेत्र अबिचलित भई लागिरहनुपर्ने सुझाव दिए ।

फ्रिडम फोरमका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत तारानाथ दाहालले पत्रकारको हकहितका लागि मुलुकभर गर्दै आएका कामका बारेमा जानकारी गराउँदै न्यायको आवाज नथिचियोस भनेर र दण्डहीनता अन्त्यका लागि आफूहरुले दबाब दिँदै आएको बताए ।

फोरमका अध्यक्ष हरिविनोद अधिकारीले पत्रकारको सुरक्षा र दण्डहीनता अन्त्य लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा साहसिक पत्रकारिता पुरस्कार डोटीका रेडियो पत्रकार सुनिता रावल, अनुसन्धानात्मक पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका पत्रकार कृष्ण आचार्य र सूचनाको हकका अभियन्ता बाँकेका कानून व्यवसायी विश्वजित तिवारीलाई प्रदान गरिएको थियो । अध्यक्ष शर्माले प्रदान गरेका तीनै पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

कार्यक्रममा विसं २०५२ देखि हालसम्म हत्या भएका र बेपत्ता पारिएका पत्रकार÷सञ्चारकर्मीहरुको कानूनी अवस्थाबारे जानकारी गराइएको थियो । बेपत्ता पारिएका कैलालीका पत्रकार जेपी जोशीका श्रीमती बसन्तीदेवी जोशी, हत्या गरिएका झापाका पत्रकार देवकुमार आचार्य (डी कौडिन्य) की छोरी तृष्णा आचार्य, हत्या गरिएका कालीकोटका पत्रकार नवराज शर्माकी छोरी साबु शर्मा र हत्या गरिएका दाङका सञ्चार उद्यमी देवीप्रसाद धितालकी छोरी मनिषा धितालले हालसम्म पनि आफूहरुले न्याय नपाएको र त्यसयताका भोग्नुपरेका दुःख चुनौतीबारे सुनाएका थिए ।

वि.सं.२०७६ मंसिर ८ आइतवार १६:५५ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...