back
CTIZAN AD

‘प्रेमिल’ र ‘आधा सत्य’ उपन्यासकी लेखिका ढुंगेल सम्मानित

वि.सं.२०७६ मंसिर ८ आइतवार

852 

shares

८ मंसिर, झापा । झापाको मेचीनगरमा आयोजित एक कार्यक्रममा उपन्यासकार भगवती ढुंगेललाई सम्मान गरिएको छ ।

महिला चेतना सञ्जाल मेचीनगरले शनिबार धुलावारी माविको सभाहलमा आयोजना गरेको सष्ट्रा सम्मान तथा रचना बाचन कार्यक्रममा महिलासँग सम्बन्धित विषय, महिलाका पीरव्यथा र महिलाले भोग्दै आएका समस्याका बारेमा कलम चलाए वापत उनलाई सम्मान गरिएको हो ।

आधा सत्य र प्रेमिल उपन्यास बजारमा ल्याएकी उपन्यासकार न्यौपाने सहित सो कार्यक्रममा बाद्यवादनहरुको संग्रहनै गरेर लोकबाजा संरक्षणमा जुटेका साहित्यिक व्यक्तित्व मात्रृका संग्रौलालाई पनि सम्मान गरिएको छ ।

संस्थाकी जेष्ठ सदस्य गोमा सुवेदीको सभापतित्व तथा प्राज्ञसभा सदस्य सुभद्रा अर्याल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेपाल तथा भारतका सष्ट्राहरुले आ–आफ्नो रचना वाचन गरेका थिए ।

कार्यक्रममा भारतीय साहित्यकारद्वय कृष्ण प्रधान एवं युवराज काफ्लेको विशेष आतिथ्यता रहेको थियो । सम्मानसँगै शुरु गरिएको रचना वाचन कार्यक्रम अत्यन्तै आकर्षक र रोचक रहेको थियो । साहित्यकार तेजराज खतिवडा, समाजसेवी संगिता थापा, विनोद खनाल ,हरि रिमाल, नुरज भट्टराई , माया मितु न्यौपाने, खिलु खनाल, सरस्वती सिटौला, सिसा चौधरी, सुमित्रा शिवाकोटी, दिपा भन्डारी लगायतले शुभकामना मन्तव्य साथै कविता वाचन गरेका थिए ।

संस्थाकी संस्थापक अध्यक्ष मिरा काफ्ले पोख्रेलले संस्थाको विगत देखि हालसम्मको स्थिति र संस्थाकी अध्यक्ष नमुना निरौलाले भावि योजना प्रस्तुत गरेको कार्यक्रममा उल्लेख्य साहित्यिक व्यक्तित्वको उपस्थिति थियो ।

वि.सं.२०७६ मंसिर ८ आइतवार १७:१४ मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...