back
CTIZAN AD

नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन: निगमले सबै जहाजमा भ्रमण वर्षको प्रतीक चिह्न राख्ने

वि.सं.२०७६ मंसिर ९ सोमवार

741 

shares

९ मसिंर, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी प्रवद्र्धनका लागि आफ्ना सबै जहाज तथा अन्य साधनमा भ्रमण वर्षका लागि प्रतीक चिह्न राख्ने भएको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलको अध्यक्षतामा मङ्सिर ५ गते बसेको बैठकले निगमका सम्पूर्ण जहाज र निगमको स्वामित्वमा रहेका सबै सवारीसाधनमा भ्रमण वर्षको प्रतीक चिह्न राख्ने गर्ने निर्णय गरिएको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।

निगमको निर्णयअनुरुप सम्बन्धित विभागलाई प्रतीक चिह्न राख्ने काम तत्काल लागू गर्न निर्देशन दिइएको छ । निगमले सरकारद्वारा घोषित भ्रमण वर्षलाई अत्यधिक सफल पार्न रणनीतिक कार्य योजनालाई थप परिस्कृत एवं परिणाममुखी बनाउने निर्णय गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाललाई पर्यटकका लागि आकर्षक गन्तव्य बनाइनुका साथै प्राकृतिकरुपमा अत्यधिक सुन्दर र संस्कृतिकरुपमा सम्पन्न राष्ट्रको विश्वव्यापी परिचयलाई थप सुदृढ बनाउने महान अवसरका रुपमा भ्रमण वर्षलाई उपयोग गर्न निगमले विज्ञसहितको डिजिटल मिडिया एवं कन्टेन्ट बनाई पर्यटक आकर्षित गर्ने कार्यनीति पनि तयार गरेको निगमले जनाएको छ ।

भ्रमण वर्ष २०२० को लक्ष्य र निगमको व्यावसायिक प्रवद्र्धनलाई केन्द्रित गरी निगमले डिजिटल मिडिया सेलबाट फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम र युट्युबमा पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्री प्रसारण गर्नेछ । निगमले गुणस्तरीय सेवासहित पर्यटक आकर्षण गर्न केन्द्रीय कार्यालयस्थित बिक्री कक्ष रातिको ८ बजेसम्म खुला राख्ने भएको छ ।

काठमाडौँका होटेल तथा टुर अपरेटर व्यवसायीसँग सम्झौता गरी विदेशबाट आएका यात्रुलाई निगमका बाह्य स्टेशनबाट प्याकेजमा टिकट बिक्रीको व्यवस्था गरिनेछ ।

भ्रमण वर्ष २०२० लक्षित थप कार्यक्रम क्रमशः बनाउन पाँच निर्देशक सम्मिलित समिति गठन गरेको छ भने मिडिया\पर्यटक सहजीकरणका लागि एक उपसमिति गठन गरी पाक्षिक प्रगति मूल्याङ्कन गरेर थप कार्यक्रम बनाउन निगमले निर्णय गरेको छ ।

प्रत्येक अन्तरराष्ट्रिय स्टेशनमा पर्यटकका लागि गोलाप्रथाद्वारा मासिक एक थान टिकट निःशुल्क उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७६ मंसिर ९ सोमवार ११:१५ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...