९ मङ्सिर, काठमाडौ । जिल्ला काठमाडौं, नापी कार्यालय, साँखुमा कार्यरत अमिन सुशिल बुढाथोकी र सेवाग्राही ज्ञानबहादुर कार्की घुस सहित पक्राउ परेका छन् ।
खरापुर नगरपालिका साँखु स्थित नापी कार्यालय, साँखुमा कार्यरत अमिन बुढाथोकीले सेवाग्राही कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाई दिए वापत रु ४ हजार रकम सहित लिने दिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले उक्त रकम सहित दुवैलाई पक्राउ गरेको हो ।
पक्राउ परेका बुढाथोकी र कार्की माथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ मंसिर ९ सोमवार १४:५० मा प्रकाशित




























