back
CTIZAN AD

सिरहामा विद्युत् चुहावट दश प्रतिशतले घट्यो

वि.सं.२०७३ मंसिर १८ शनिवार

1.3K 

shares

 

१८ मङ्सिर, लहान । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि सिरहामा करिब १० प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरको हालसम्म सञ्चालन गरेको विद्युत् चुहावट नियन्त्रण अभियानका कारण विद्युत् चुहावटमा सो कमी आएको विद्युत् प्राधिकरण वितरण केन्द्र, सिरहाले जनाएको छ ।

जिल्लामा गत वर्ष ५१ प्रतिशत विद्युत् चुहावट थियो, अहिले ४२ प्रतिशतमा झरेको केन्द्रका प्रमुख जितेन्द्र यादवले बताउनुभयो । अभियानका क्रममा हुकिङ गरी विद्युत् चोरी गर्ने ११४ जनालाई कारबाही गरेको उहाँले बताउनुभयो ।

अभियानकाक्रममा विद्युत् चुहावट गरिरहेको अवस्थामा पक्राउ परेकाबाट रु नौ लाख छ हजार सात सय भन्दा बढी राजस्वसमेत असुली गरेको प्रमुख यादवले भन्नुभयो ।

यस्तै विद्युत् चोरी गर्नेबाट ६२ थान टिभी, ७५ थान विद्युत् मोटर र ४६ थान पङ्खालगायतका विद्युत् उपकरणसमेत बरामद गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रले साउनदेखि मङ्सिरको दोस्रो सातासम्ममा ३०७ जना ग्राहकको घरमा जडान गरिएको विद्युत्को लाइन काटिएको र तीमध्ये १२२ जना ग्राहकले रु ३८ लाख ९३ हजार राजस्व बुझाएको केन्द्र प्रमुख यादवले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर १८ शनिवार १०:३५ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...