back

सिरहामा विद्युत् चुहावट दश प्रतिशतले घट्यो

वि.सं.२०७३ मंसिर १८ शनिवार

1.1K 

shares

 

१८ मङ्सिर, लहान । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि सिरहामा करिब १० प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरको हालसम्म सञ्चालन गरेको विद्युत् चुहावट नियन्त्रण अभियानका कारण विद्युत् चुहावटमा सो कमी आएको विद्युत् प्राधिकरण वितरण केन्द्र, सिरहाले जनाएको छ ।

जिल्लामा गत वर्ष ५१ प्रतिशत विद्युत् चुहावट थियो, अहिले ४२ प्रतिशतमा झरेको केन्द्रका प्रमुख जितेन्द्र यादवले बताउनुभयो । अभियानका क्रममा हुकिङ गरी विद्युत् चोरी गर्ने ११४ जनालाई कारबाही गरेको उहाँले बताउनुभयो ।

अभियानकाक्रममा विद्युत् चुहावट गरिरहेको अवस्थामा पक्राउ परेकाबाट रु नौ लाख छ हजार सात सय भन्दा बढी राजस्वसमेत असुली गरेको प्रमुख यादवले भन्नुभयो ।

यस्तै विद्युत् चोरी गर्नेबाट ६२ थान टिभी, ७५ थान विद्युत् मोटर र ४६ थान पङ्खालगायतका विद्युत् उपकरणसमेत बरामद गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रले साउनदेखि मङ्सिरको दोस्रो सातासम्ममा ३०७ जना ग्राहकको घरमा जडान गरिएको विद्युत्को लाइन काटिएको र तीमध्ये १२२ जना ग्राहकले रु ३८ लाख ९३ हजार राजस्व बुझाएको केन्द्र प्रमुख यादवले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर १८ शनिवार १०:३५ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...