back

औलो रोगको सङ्क्रमण बढ्यो

वि.सं.२०७३ मंसिर १८ शनिवार

840 

shares
IME Limited
NTC AD

१८ मङ्सिर, सिन्धुली । सिन्धुलीमा यसवर्ष औलो रोगीको सङ्ख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा औलोका नौजना बिरामी फेला परेका छन् । यो गत आर्थिक बर्षको सोहि अबधिको तुल्नमा तीन गुणाले बढेको जिल्ला जनस्वास्थ्य कार्यालयय, सिन्धुलीले जनाएको छ ।

औलो रोग नियन्त्रणका लागि जिल्लाको कमलाखोज क्षेत्रमा वार्षिक रु दुई लाखको हाराहारीमा बजेट खर्च हुने गरेका छन् । औलो रोगको सङ्क्रमण बोकेका लामखुट्टे नियन्त्रणका लागि यस क्षेत्रमा बर्सेनी स्प्रे गर्ने गरेको औलो रोग नियन्त्रण शाखाका हरिनन्दन महतोले बताउनुभयो ।

लामखुट्टे नियन्त्रणका लागि स्प्रे गर्ने गरिएको भए पनि यस क्षेत्रमा औलो रोग सार्ने नयाँ प्रकृतिका लामखुट्टे देखापर्न थालेको पनि उहाँले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँ र घर वरपर स्प्रे गर्ने गरेको भए पनि अनुसन्धानका क्रममा सङ्क्रमितमध्ये अधिकांश जङ्गलमा घाँसपात र दाउरा लिन जाने मानिसमा बढी देखिएको महतोले बताउनुभयो ।

यसको रोगथामका लागि बेलैमा सरकारले ध्यान दिनुपर्दछ । अन्यथा यसले महामारीको रुप लिन सक्छ, उहाँले भन्नुभयो — जिल्ला जनस्वास्थ्य कार्यालयको पहलमा मात्र यो रोग नियन्त्रण गर्न सकिदैन् । रासस

वि.सं.२०७३ मंसिर १८ शनिवार १०:३४ मा प्रकाशित

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन...

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन...