नेपाली काँग्रेसको प्रवासस्थित भातृसंगठन ‘नेपाली जनसम्पर्क समिति’ अमेरिकामा विवादका कारण अधिवेशन लम्बिँदै गएको छ । पार्टीले अधिवेशन गर्न विभिन्न व्यक्तिलाई निर्देशन दिँदै पटकपटक पत्राचार गरे पनि विवादकै कारण अधिवेशन अनिश्चित बनिरहेको सन्दर्भमा जनसम्पर्क समिति अमेरिकाका वरिष्ठ उपसभापति धनंजय नरसिंह केसीले अधिवेशन हुन नसक्नुका कारण र समाधानका उपायहरु सुझाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् :
“जनसम्पर्क समिति अमेरिकाको अधिबेसन भएको नोभेम्बर २३, २०१९ मा पूर्ण पाँचबर्ष पूरा भएर ६ बर्षमा लागेको छ । जनसम्पर्क समितिको बिधान अनुसार प्रत्येक ३ बर्षमा अधिबेसन गर्नुपर्ने प्रबधान स्वयं हामीले साधारण सभाबाट बिधान अनुमोदन गरेको हौ । के ले गर्दा अधिबेसन भएन किन भएन, यो कहाँबाट अधिबेसन रोक्न वाँ अधिबेसनलाई लम्बाउने कार्य हुदैछ ? याबत कूरा अहिले बजारमा छरप्रस्ट कूरा नआएको होईन तर किन अझै पनी अधिबेसन गर्ने सुरसार समेत नभएको हो भनेर बिभिन्न संगठन प्रति आस्था राख्ने र संगठनलाई माया गर्ने साथीहरूले पटक पटक एउटा संस्थाको बरिस्ठ उपसभापतिको नाताले मलाई सोध्नु अनुचित पनी होइन । त्यो स्वभाबिक नै हो मैले जसरी हाम्रो सभापतिलाई बारम्बार सोध्ने गरेको छू । हामीलाई पनी अब बिस्तारै साथीहरूले भन्ने दिन आइसक्यो – सक्छौ अधिबेसन गर सक्दैनौ पदबाट राज़ीनाम दिएर जाउ । वास्तबिकता पनी त्यहि हो र अब पार्टीले तोकिएको समयमा अधिबेसन गर्न सकेनौ भने अबका साथीहरूले पनी के बिचार गर्नु पर्दछ भने यो समिति भित्रको कुनै पनी साथीहरू आगामी चुनावमा योग्य छैनन भनेर यिनीहरूलाई दूधबाट झिंग्गा निकालेर फालेको जसरी फाल्न सक्ने तागत राख्न सक्नु पर्दछ । किन हिजो अधिबेसन भएन ? भन्ने कूराहरू पनी बजारमा प्रशस्त रुपमा नआएको होएन । तर त्यक्तिबेला देशमा आम निर्वाचन थियो सबै धेरै जसो साथीहरू निर्बाचनमा पार्टीको आह्वान अनुसार हाम्रो पार्टी नेपाली कांग्रेस सहयोग गर्न गएका थियौ । कही समय ढीलो भयो हामीले अधिबेसन गर्नको लागी । केन्द्रीय समितिको मीटिंग बस्यो अधिबेसन गराउने निर्णय ग¥यो र सो मुताबिक़ सल्लाहकार समितिज्यूहरूसँग र चाप्टरको सभापतिज्यूहरूसंग मीटिंग राखेर यथाशिघ्र अधिबेसन गर्ने निर्णय हूँदाहुँदै पार्टीले लिखित रुपमा ‘अधिबेसन रोक्नू अहिले अधिबेसन नगर्नु’ भन्ने चिट्ठी पठाएर सबै अधिबेसनको कार्य बन्द भयो , यो यहाँहरूलाई जानकारी मात्र गरेको हो । यो सबै साथीहरूमा अबगत नै छ । अब बाँक़ी रह्यो पार्टीले अधिकारिक लिखित रूपमा ‘६ महीना भित्रमा अधिबेसन गराउनु, नत्र यो समिति खारेज हुन्छ’ भन्दा भन्दैपनी अहिलेसम्म अधिबेसनको तयारी गर्ने समेत काम भएको छैन, त्यसमा हामी सबै दोषी हौला तर खाँटी कूरा के हो त्यो सबै संस्थाको साथीहरूलाई अबगत नै छ । यदि नभएको खण्डमा पनी थाहा पाउनु पर्ने हुनाले म सबै साथीहरूमा अबगत गराउँदै छु ।
अधिबेसनको कार्य ढिलाई किन ?
अहिलेको महाधिबेसनको परिमर्जित बिधानमा के प्रस्ट उल्लेख छ भने कुनैपनी व्यक्ति नेपाली कांग्रेसको सक्रिय सदस्य बन्न नेपाली नागरिक हुनुपर्ने उसले सक्रिय सदश्य लिनु पर्दा नेपाली नागरिकता वा नेपाली पासपोर्ट अनिबार्य बुझाउनु पर्ने भन्ने बिधानमा उल्लेख छ । त्यत्तिमात्र नभई नेपालको संबिधानले प्रस्ट उल्लेख गरेको छ ‘कुनै पनी पार्टीको आन्तरिक चुनाबमा बिदेशी नागरिकले भोट हाल्न नपाउने व्यवस्था गरेको छ।’ जून कूरा संबिधानमा परिबर्तन गर्न हाम्रो पार्टी नेपाली कांग्रेसले चाहेर पनी सक्ने अवस्था छैन । बिधानको बारेमा महासमितिमा छलफल भयो त्यो बेलामा दरो तारिकाले यहाँको समस्या अबगत गराउनू पर्ने थियो, सायद साथीहरूबाट भयो पनी होला या नहोला तर समस्या त आइनै सक्यो, अब त्यसलाई कसरी समस्याको समाधान गर्ने भन्ने तीर हामी लाग्नु पर्नेमा हामी एकथरि साथीहरू ‘बिधान अनुसार नेपाली नागरिक नभएको मानिस चुनाब लड्न पाऊँदैन’ भनेर लागी परीरहेको छौ भने अर्कोंथरि साथीहरू लड़्नु पाऊँनू पर्छ यो संस्था अमेरिकाको कानून अनुसार ५०१(C) मा दर्ता भएको संस्था हो भनेर जिकिर गरीरहेका छौ । यहाँ अरु केही समस्या होइन महाधिबेसन महासमितिको लागी त नेपाली नागरिकता भएको बाहेक अरु जान नमिल्ने कूरा नेपालको कानून अनुसार कसैले पनी नकार्न मिलेन, अब बाँकि रहयो यहाँ सभापति लगायत अरु पदमा यहाँको कानून र यहाँ दर्ता भएको ५०१(C) अनुसार लडन पाऊँनू पर्छ भन्ने मात्र रहयो ।
समाधान के र कसरी गर्ने त ?
हामीले सबै भन्दा पहिला म, मेरो भन्ने शब्दलाई त्यागेर हामी र हाम्रो संस्था भन्ने कूरा हेक्का राख्नू पर्दछ । सबै भन्दा ठूलो संस्था हो संस्था रहे हामी सबै त्यसमा अटाउन सक्छौ, संस्था नै नरहे हामी पनी रहदैनौ भन्ने सबै साथीहरूले छातीमा हात राखेर सोच्ने बेला आएको छ। यस्मा हामीले बिरलो प्रबृति त्यागेर संघठनमा परापुर्ब काल देखी आफ़नो त्याग तपश्या र बलिदान दिएका साथीहरूलाई संगठन भन्दा बाहिर राख्दा के संस्थालाई फाईदा होला ? के संस्थाको गरिमा उच्च होला ? के आगामी दिनहरूमा यो संस्था अझ सशक्त भएर जाला ? जनसम्पर्क समिति अमेरिकाका अधिकांश साथीहरू कि त अमेरिकी नागरिक बनी सकेका छन की त निकट भविष्यमा बन्ने वाला छन्। यसर्थमा के हामी एत्रो ठुलो जमातलाई संस्थाबाट अलग राखेर एत्रो मूलकमा अगाड़ी बढ़न सकछौं त ? यो कूरामा हामी सबैले उच्च ध्यान पुराऊन जरुरी छ र म यसमा ध्यानदिन हार्दिक अनुरोध गर्दछु । र बाँकि कूरामा पार्टी संग आग्रह र अनुमति लिएर सबै साथीहरूलाई आगामी अधिबेसनमा भाग लीन पाऊँने बेबस्था मिलाऊँन हामी सबैको आग्रह अनुसार पार्टीको निर्णयकर्ताहरूले गरीदिनू पर्छ भन्ने मेरो माग पनी हो र हामीसबैले सबै साथीहरूलाई सहभागी गराउन संस्थागत पहल चाडै गर्नु पर्छ भन्ने सभापति ज्यूलाईमेरो अनुरोध पनी हो । र अब हामीले छिटो भंदा छिटो अधिबेसनको कार्य अगाडि बढ़ाऊँनू पर्छ नत्र नैतिक रूपमा हामी यस कार्यसमिति सम्पूर्ण साथीहरू असफल भएको म लगायत सबै साथीहरूले महशुस गर्नेछन । सबै एकलब्य भयर हाम्रो अर्जुन दृष्टि अब हुने अधिबेसन रहनु पर्ने मैले महशुस गरेको छु।”
जयनेपाल
वि.सं.२०७६ मंसिर ९ सोमवार १६:४८ मा प्रकाशित






























