विश्वव्यापी नेपाली विद्यार्थी संस्था (WNSO) बंगलादेश चयाप्टरले सन् 2020 का लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुका हकहितका निमिक्त सन् २०१० मा स्थापित विश्व व्यापी नेपाली विधार्थी संघ (WNSO बंगलादेशको दशौं साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो । २३ नोभेम्बरमा ढाका विश्वविद्यालय स्थित अन्तर्राष्ट्रिय हलमा भेला सम्पन्न भएको थियो ।
भेलाले निरज यादवको अध्यक्षतामा ११ नयाँ केन्द्रिय कार्यसमिती सर्वसहमतिबाट चयन गरेको हो । समितिको उपाध्यक्षमा रुपेश महतो, अस्मिता भुसाल, महासचिवमा कृष्ण ईशार, सहसचिवमा मनोज यादव, कोषाध्यक्षमा अंकित महतो, सहकोषाध्यक्षमा रितिका भेटुवाल, प्रवक्तामा निश्च्ल क्षेत्री, महिला प्रतिनिधि रुना श्रेष्ठ र अनुप्रिया गोईत कार्यक्रम संयोजकमा ईशा मनान्धर, मिडिया संयोजकमा ओम प्रकाश कुशवाहा र सार्वजनिक सम्बन्धमा अनिल यादव चयन भएका छन् ।
साथै सोहि कार्यक्रमले अंशुराजको अध्यक्षतामा ११ ढाका डिभिजन कार्यसमिति समेत चयन गरेको छ । उक्त समितिको उपाध्यक्षमा अंल्का महार्जन र सुदिप साह, महासचिवमा विशाल महार्जन, सहसचिवमा अंकित साह, कोषाध्यक्षमा सुजिता श्रेष्ठ, प्रवक्तामा संशक शर्मा रहेको छ भने महिला प्रतिनिधिमा अलिसा तामाङ, मिडिया प्रतिनिधिमा निता खड्का र अनिष सापकोटा र कार्यक्रम संयोजकमा स्टुटी कार्कीलाई चयन गरिएका छन् ।
कार्यक्रम नेपाल मेडिकल एशोसिएसन Juniors Doctor’s Committee बङ्लादेशका अध्यक्ष डा राकेश साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम संयोजन समितिका सदस्य यादवले जानकारी दिए ।
भेलामा पुर्व संयोजक नितेस अधिकारी एवम् प्रमुख सल्लाहकार एवम् संस्थापक अध्यक्ष तथा वोन्सो आईसीसी सदस्य डा राकेश साहले नयाँ समितिलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । विगत एक दशकदेखि विद्यार्थीको मर्म बुझेको संगठन, भिषा समस्या समाधान, विभिन्न सास्कृतिक कार्यक्रम सम्पन्न, विगतका दिनमा पनि यस्तै सहयोगको गर्ने अनि यो भन्दा अझै राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

वि.सं.२०७६ मंसिर ९ सोमवार १७:१४ मा प्रकाशित



























