१० मसिंर, काठमाडौँ । चिकित्सा शिक्षा शास्त्र अध्ययनरत विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गर्ने मेडिकल कलेज सञ्चालकलाई गृहमन्त्रालयले मंगलबारसम्म अन्तिम समय दिएको छ ।
मंगलबारसम्म पनि कलेजहरुले असुल गरेको अतिरिक्त शुल्क फिर्ता नगरे कलेजका सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।
सरकारले शुल्क समायोजनका लागि पटक पटक समय दिँदासमेत मेडिकल कलेजले अटेर गरेपछि पक्राउ पर्ने निर्देशन दिइएको हो । सरकारले मेडिकल कलेज सञ्चालकको सम्पत्ति छानबिन गर्ने बताएको छ । मंगलबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ मंसिर १० मंगलवार ०७:२९ मा प्रकाशित




























